काठमाडौं – धितोपत्र बजारमा आज नेप्से परिसूचक ३२.८१ अङ्कले घटेर २,४८६.७६ मा पुगेको छ। ठूला कम्पनीहरूको सेन्सेटिभ परिसूचक पनि ५.३४ अङ्कले घटेर ७४७.४५ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको शेयर मूल्य घटेको छ भने २ उपसमूहको मूल्य बढेको छ। 

कूल १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयरहरू ४ अर्ब ८४ करोड रुपैयाँमा खरिद बिक्री भए। 

OM Sai Pathibhara Hospital

विन नेपाल लघुवित्त, बोटलर्स नेपाल बालाजु, एसबिएल डिवेञ्चर लगायतका शेयरधनीले क्रमशः ९.८५ प्रतिशतदेखि ४ प्रतिशतसम्म नाफा कमाएका छन्। ग्रीन भेञ्चर्स, दोर्दी खोला हाइड्रोपावर, अपि पावर कम्पनी, थ्री स्टार हाइड्रोपावर र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले भने १० प्रतिशतसम्म घाटा बेहोरेका छन्।