काठमाडौं—बुधबार सेयर बजारको परिसूचक नेप्से ४९.१८ अंकले वृद्धि हुँदै २५१९ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकम घटेर ४ अर्ब ८१ करोडमा खुम्चिएको छ, जबकी अघिल्लो दिन ५ अर्ब ६८ करोडको कारोबार भएको थियो ।

दिनभर बजारमा उतारचढाव भए पनि अन्ततः नेप्सेले पुनः उचाइ लिएको हो। ११:३२ बजे नेप्से २४४४ अंकसम्म घटेको थियो, तर त्यसपछि बजार निरन्तर हरियालीमा रह्यो।

OM Sai Pathibhara Hospital

म्युचुअल फन्डबाहेक सबै सेक्टरका सूचकहरु बढेका छन्, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा लगायतका सूचकहरुमा सकारात्मक सुधार देखिएको छ।

२१० कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको घटेको छ भने ५ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि भएको छ। विन नेपाल लघुवित्त, न्यादी हाइड्रोपावर, सगरमाथा जलविद्युत् लगायतका कम्पनीहरुको सेयर मूल्यमा उल्लेख्य सुधार देखिएको छ।