काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ५४ पैसा र बिक्री दर १३४ रुपैयाँ १४ पैसा रहेको छ । युरो एकको खरिद दर १४८ रुपैयाँ ९३ पैसा र बिक्री दर १४९ रुपैयाँ ६० पैसा छ ।

युके पाउण्ड एकको खरिद दर १७८ रुपैयाँ ६७ पैसा र बिक्री दर १७९ रुपैयाँ ४७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १५७ रुपैयाँ ५२ पैसा र बिक्री दर १५८ रुपैयाँ २३ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ २० पैसा र बिक्री दर ९९ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको छ।

OM Sai Pathibhara Hospital

कुवेती दिनार एकको खरिद दर ४३७ रुपैयाँ ६२ पैसा र बिक्री दर ४३९ रुपैयाँ ५९ पैसा, बहराइन दिनारको खरिद दर ३५४ रुपैयाँ २६ पैसा र बिक्री दर ३५५ रुपैयाँ ८६ पैसा कायम भएको छ । राष्ट्र बैंकले खुला बजारमा विनिमय दर फरक हुन सक्ने जनाएको छ ।


27th