काठमाडौं – स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले घटेको छ। लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आज सामान्य गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु १,६१,२०० मा कारोबार भएको छापावाला सुन आजका लागि रु १,६०,६०० मा निर्धारण गरिएको छ।
साथै, चाँदीको मूल्य पनि तोलामा रु १० ले घटेको छ। शुक्रबार प्रतितोला रु १,९५५ मा कारोबार भएको चाँदी आज रु १,९४५ मा झरेको छ।





































