काठमाडौं–सुनको मूल्य लगातार उकालो लागेको छ । आज तोलामा रु पाँच सयको वृद्धि हुँदै सुनको मूल्य हालसम्मकै उच्चतम बिन्दुमा पुगेको छ । 

अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धिको प्रभावले स्थानीय बजारमा सुनको मूल्य नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ६० हजार सात सयमा कारोबार भएको छ भने आजको लागि छापावाला सुनको मूल्य रु एक लाख ६१ हजार दुई सय निर्धारण गरिएको छ ।

OM Sai Pathibhara Hospital

चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घले चाँदीको मूल्य प्रतितोला रु एक हजार नौ सय ५५ निर्धारण गरेको छ ।