काठमाडौं–चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीनका उपप्रधानमन्त्री हि लिफेङबीच महत्वपूर्ण भेटवार्ता गरेका छन् । राजधानी बेइजिङमा भएको सो भेटमा, दुई देशका आर्थिक हित र सहयोगका विषयमा छलफल भएको छ ।

चीनका उपप्रधानमन्त्री हि लिफेङले विगतका घोषणाहरू अनुसार सहयोगका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री पौडेलले केरुङ–काठमाडौँ रेल, टोखा–छहरे सुरुङ मार्ग, र भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवाको विस्तारका लागि सहयोगको अनुरोध गरे ।

OM Sai Pathibhara Hospital

अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले नेपालका अनुरोधप्रति चीन सरकार सकारात्मक रहेको र कार्यहरू अघि बढाउने प्रतिबद्धता व्यक्त भएको जानकारी गराए । यो एक घण्टाको बैठकमा नेपाल र चीनका उच्चस्तरीय अधिकारीहरू सहभागी थिए ।