अपराध

    Showing 2,101-2,110 of 2,120 items.
  • १७ वर्षीया किशोरीमाथि पटक पटक बलात्कार, तीन पक्राउ

    कैलाली / कञ्चनपुरमा १७ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिकाका २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर राना रहेका छन् । बेलौरी घर भएकी किशोरी र परिवारजनको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।पक्राउ परेका तीन जनाले किशोरीलाई फरक फरक मितिमा बलात्कार गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना किशोरीको चिनजानको व्यक्ति रहेको अनुसन्धानबाट खुलेको छ । किशोरीलाई स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल

    • प्रकाशित मितिः मंसिर २५, २०७९
    • 117 पटक पढिएको
  • श्रीमतीको टाउको काटेर झोला हालेर भाग्दै गर्दा श्रीमान पक्राउ

    सुर्खेत / सुर्खेतमा श्रीमतीको टाउको काटेर प्लाष्टिकको झोलामा बोकेर भाग्दै गरेका श्रीमान पक्राउ परेका छन् । सुर्खेत पञ्चपुरी नगरपालिका –३ स्थित तोक्मा घर भएका ३८ वर्षीया अमरबहादुर आले मगर  श्रीमतीको हत्या गरेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका हुन् ।हत्यापछि मगर श्रीमतीको टाउको प्लास्टिक झोलामा पोको बनाएर भागेका थिए । ३० वर्षीया मिना आले मगरलाई  हँसिया प्रहार गरेर घाँटी काटेर हत्या गरेर भाग्दै गरेको अवस्थामा ३८ वर्षीय अमरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । टाउको प्लास्टिकको थैलोमा बोकेर भागेको अवस्थामा पलाईटे स्वास्थचौकी नजिकबाट  प्रहरीले उनलाई पक्

    • प्रकाशित मितिः मंसिर २१, २०७९
    • 491 पटक पढिएको
  • १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार : घटनामा संलग्न चार पक्राउ

    इटहरी  / १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीको इटहरीबाट चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी १० का २५ वर्षीय विकास चौधरी, २८ वर्षीय मुकेश चौधरी, २० वर्षीय धीरज चौधरी र ३१ वर्षीय सरोज चौधरी रहेका छन् ।इटहरी १० स्थित पिपल चोक बुढीखोला किनारामा गत वैशाख २७ गते राति ८ बजे युवतीमाथि बलात्कार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।घटनामा संलग्न चारै जनालाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान र कारवाही प्रकृिया अगाडि बढाएको छ । 

    • प्रकाशित मितिः मंसिर २०, २०७९
    • 177 पटक पढिएको
  • मोरङमा धारिलो हतियार प्रहारबाट घाइते भएका युवकको मृत्यु

    विराटनगर / धारिलो हतियार प्रहारबाट टाउको र कानमा चोट लागेको अवस्थामा शनिबार राति फेला परेका एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । हतियार प्रहारबाट मोरङको जहदा गाउँपालिका- १ भुटाहाका ४२ वर्षीय सन्तोष सरबरियाको मृत्यु भएको हो । सरबरिया शनिबार राति ११: २० बजेतिर आफ्नै घरमा घाइते अवस्थामा फेला परेका थिए । गम्भीर अवस्थाका उनलाई प्रहरीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याएको थियो । उनी टाउकोमा धारिलो हतियार प्रहार गरिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै भेटिएका थिए । उपचारकै क्रममा राति १२: २५ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको कारण खुल्न बाँकी रहेको

    • प्रकाशित मितिः मंसिर ११, २०७९
    • 129 पटक पढिएको
  • अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या

    झापा / सिन्धुपाल्चोकमा एउटी महिलाले अवैध रुपमा छोरी जन्माएर शिशुलाई हत्या गरेको खुलेको छ । हेलम्बु गाउँपालिका -५, कल्लेरी बस्ने प्रेम तामाङकी श्रीमती २२ वर्षीया रबिना तामाङले अवैध रूपमा शिशु जन्माएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शिशुको मुख थुनेर हत्या गरी घरबाट अन्दाजी ५० मिटर दक्षिणको खरबारीमा खाडल खनेर शिशुलाई पुरेको अवस्थामा फेला परेको हो । प्रहरीले तामाङलाई आवश्यक अनुसन्धानको लागी पक्राउ गरेको छ ।

    • प्रकाशित मितिः मंसिर १, २०७९
    • 114 पटक पढिएको
  • सम्झना र उनकी छोरी कृष्टिनाको हत्या गर्ने तामाङ पक्राउ

    नुवाकोट / नुवाकोटको दुप्चेश्वर गाउँपालिका –५ बालकुमारीको भङ्गेरीका आमाछोरीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोही स्थानका २१ वर्षका पुष्कल भनिने सोनम तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । २१ वर्षीया सम्झना पाण्डे (खतिवडा) र उनकी छोरी तीन वर्षीया कृष्टिना खतिवडाको सोमबार साँझ हत्या भएको थियो । धारिलो हतियार प्रयोग गरेर घाँटीसहित शरीरको विभिन्न अङ्गमा गहिरो चोट पु¥याएर उनीहरूको हत्या गरेको अवस्थामा घरको आँगनमा आमा र पिँढीमा छोरीको शव भेटिएको थियो ।तामाङ घरेलु हतियारसहित मृतक खतिवडाको

    • प्रकाशित मितिः कार्तिक २९, २०७९
    • 100 पटक पढिएको
  • उर्लाबारीका सुजनले गरे दाउ प्रहर गरी मामाको मृत्यु

    झापा / मोरङको उर्लाबारी –८ का २२ वर्षीय सुजन पाचकोटीले  दाउ प्रहार गरेर एक जनाको हत्या गरेका छन् । पाचकोटीले पथरीशनिश्चरे –१ का ४२ वर्षीय काजी मोहराको हत्या गरेका हुन् । सुजन र मोहरा मामा भान्जा रहेको प्रहरीले बताएको छ । घरमा आएका मामा मोहरासँग आइतबार राती विवाद हुँदा सुजनले टाउकोमा दाउ प्रहार गरेरका थिए । दाउ प्रहारबाट गम्भिर घाइते भएका मोहरालाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारे ल्याइएको थियो । उनको उपचारको क्रममा आज (सोमबार) बिहान १ बजे मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।घटनामा संलग्न सुजनलाई इलाका प्रह

    • प्रकाशित मितिः कार्तिक २८, २०७९
    • 105 पटक पढिएको
  • १४ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक पक्राउ

    काठमाडौं / १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका -१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरी रहेका छन् । गिरीले ती बालिकालाई ललाइ फकाई काठमाडौं महानगरपालिका -१५ स्वयम्भू स्तूपा जङ्गलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७९
    • 114 पटक पढिएको
  • धनकुटामा खुकुरी प्रहारबाट ६२ वर्षीय पुरुषको हत्या

    झापा / धनकुटाको छथरजोरपाटी गाउँपालिका -३ मा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काजिमाने पिङडाँडा बस्ने ६२ वर्षीय भगिश्वर लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय तेज बहादुर लिम्बुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।आफ्नै घरमा बसिरहेका भगिश्वरलाई तेजबहादुरले खुकुरी प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छथरजोरपाटीबाट खटिएको प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 100 पटक पढिएको
  • ९० जनालाई बलात्कार गर्ने न्कोसिनाथी जेल चलान

    एजेन्सी / दक्षिण अफ्रिकाको एक अदालतले मंगलबार एक व्यक्तिलाई ९० वटा बलात्कारका घटनामा दोषी ठहर गरेको छ । जोहानेसबर्ग नजिकैको पाम रिजको अदालतले ३८ वर्षीया न्कोसिनाथी फाकाथीलाई सो सजाय सुनाएको हो ।उनीबाट पीडित हुनेमा अधिकांश बालबालिका रहेका राष्ट्रिय अभियोजन प्राधिकरणका प्रवक्ता लुम्का महन्जनाले जानकारी दिए । पीडितमध्ये अधिकांश स्कुले छात्रा छन् । तीमध्ये केही नौ वर्षसम्मका बालबालिका पनि समावेश छन् । उक्त घटनाले सम्पूर्ण देशलाई स्तब्ध बनाएको छ ।    उनले ९ देखि ४४ वर्षसम्मका महिला र बालबालिकालाई बिहान वा बेलुका स्कूल जाँदै वा फर्कने वा कामबाट फर्कने क्रममा निशाना बनाएर बलात्कार गर्न

    • प्रकाशित मितिः कार्तिक २३, २०७९
    • 116 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.