काठमाडौं–पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या गरिएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ स्थित घरमै रायको हत्या गरिएको हो ।
सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार ८० वर्षीय रायलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति हत्या गरेको पाइएको छ ।
राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । हत्याको खबर पाएपछि प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।