काठमाडौं— अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट ५ जना पक्राउ परेका छन्।  

प्रहरीले सुर्खेत विरेन्द्रनगर नगरपालिका–१२ हरियाली टोलबाट अवैध लागुऔषध ब्राउनसुगर ८० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

OM Sai Pathibhara Hospital

पक्राउ पर्नेहरूमा जुम्ला चन्दननाथ नगरपालिका–७ घर भएका २६ वर्षीया राधिका बुढा र सुर्खेत विरेन्द्रनगर नगरपालिका–३ बस्ने २८ वर्षीय संजय केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो। 

त्यसैगरी धनकुटा, साँगुरीगढी गाउँपालिका–१० ताम्राङ स्थित सडकबाट अवैध लागुऔषध गाँजा करिब १२ किलोग्राम सहित साँगुरीगढी गाउँपालिका–९ सालुम बस्ने २६ वर्षीय लक्ष्मण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले को.१९ प ९८७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो। 

यसैगरी मोरङ, लेटाङ नगरपालिका–६ सुकेचौरीबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय अभिषेक मगर र २४ वर्षीय बाराक लिम्बु रहेका छन्। ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले अभिषेकको कोठा तलासी गर्दा उक्त पदार्थ सहित उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाहरुको सन्दर्भमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।