काठमाडौं–गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन तथा ओसारपसार अन्तर्राष्ट्रिय अपराधको रूपमा फैलिएको र यसको दुष्प्रभाव निश्चित देश समाजमा मात्र सीमित नभएको हुँदा यस विरूद्ध शून्य सहनशीलता अपनाई निर्मम भएर अगाडि बढ्नुपर्ने बताएका छन् ।

ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले  मानव बेचबिखन तथा ओसारपसार विरूद्धको लडाइँमा प्रहरी मात्र नभएर सम्पूर्ण सरोकारवाला निकाय, स्थानीय तह, शिक्षक, संचारकर्मी लगायतको सहकार्य जरूरी रहेको उनको भनाई थियो ।

OM Sai Pathibhara Hospital

चेतनाको कमीले यस्ता अपराध बढ्ने हुँदा सरोकारवाला निकायहरूले आपसी समन्वय गरी जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्नेमा उनको जोड छ ।