काठमाडौं–रामबहादुर बम्जन उर्फ तपस्बीलाई सिन्धुपाल्चोक जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।

जिल्ला न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले बम्जनसँग ३ लाख रुपैयाँ धरौटी माग गरेको हो ।

OM Sai Pathibhara Hospital

बम्जनमाथि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकास्थित बाढेगाउँ आश्रमबाट एक महिलासहित दुई जनालाई बेपत्ता पारेको आरोप लागेको छ ।

यसअघि सर्लाही अदालतले बाल यौन दुराचार मुद्दामा उनलाई १० वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको हुँदा सिन्धुपाल्चोक अदालतको आदेशपछि पनि बम्जन छुट्न पाउने छैनन् । 

०७६ माघ २३ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीले बम्जनविरुद्ध बाल यौन दुराचार मुद्दा दर्ता गरेको थियो । महोत्तरीको जलेश्वर जेलमा रहेका बम्जनलाई सिन्धुपाल्चोकमा परेको मुद्दाको अनुसन्धानका लागि लगिएको थियो ।