झापा–प्रभु बैङ्कको बिर्तामोड शाखाबाट  ग्राहकले राखेको एक करोड १७ लाख रुपैयाँ रकम लिएर बजार प्रबन्धक फरार भएका छन् । 

मम फ्याक्ट्रीका सञ्चालक टीकाराम नेपालका अनुसार, उनकी पत्नी मन्जु नेपालका नाममा प्रभु बैङ्कको बिर्तामोड शाखाबाट एक करोड १७ लाख रुपैयाँ हराएको छ । पटक पटक गरी एक करोड १९ लाख जम्मा गरेकाे भएपनि ६ महिनापछि हेर्दा जम्मा २ लाख मात्र बाँकी भएको उनको भनाई छ । FB_IMG_1722485663803

OM Sai Pathibhara Hospital

बैङ्कका बजार प्रबन्धक प्रमोद सिटौलाले आफ्नो नियतवश उक्त रकम हिनामिना गरेको उनको आरोप छ ।

सिटौलाका दुई मोबाइल फोन पनि बन्द छन् । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा र इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी परेको छ । 

बैङ्कका प्रबन्धक गणेशबहादुर बरालले छानबिन समिति गठन गरी अनुसन्धान प्रक्रिया सुरु गर्ने बताएका छन्।