काठमाडौं–पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न दुई जना समातिएका छन् । ८१ वर्षका रायको यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । 

पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर घरमा काम गर्ने युवकले रायको हत्या गरेका हुन् । 

OM Sai Pathibhara Hospital

पूर्व भूमिसुधार राज्यमन्त्री यादवको हत्या कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले गरेको प्रहरीले जानकारी दिएको छ । 

पूर्वमन्त्रीको हत्या गर्न छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले दुई लाख नगद र व्यवसायको लागि एउटा फर्म खोल्ने प्रलोभन दिएको पाइएको छ । 

सर्लाही प्रहरीले रामउजैन र छिमेकी वीरेन्द्रलाई सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ ।