अपराध

    Showing 1,561-1,570 of 2,232 items.
  • सिन्धुलीमा लागुपदार्थ सेवन गरेर गाडी चलाउने ६ चालक पक्राउ

    सिन्धुली — लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएको छ।सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भिमान बसपार्कमा बिहीबार गरिएको ट्राफिक चेकजाँच तथा स्वास्थ्य परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन्।पक्राउ पर्नेमा मधेश प्रदेश ०४–००१ क ००३२ नम्बरको ट्रक चलाइरहेका कमलामाई–४ का २८ वर्षीय सन्तोष अछामी, बा ३ ख ४९८० नम्बरको बसका चालक जनकपुर–२३ का ४७ वर्षीय विजय कुमार ठाकुर, तथा बा ४ ख ३८८९ नम्बरको टिपर चलाइरहेका कटारी–४ का २७ वर्षीय बिमल तामाङ छन्।त्यसैगरी, दुधौली–९ निवासी ५४ वर्षीय शंकर तामाङ (बा २ ख ५९६१ नम्बरको बस चालक), दुधौली–१४ का २३ वर्षीय पदम बहादुर

    • प्रकाशित मितिः असार २६, २०८२
    • 392 पटक पढिएको
  • कलाक्षेत्रको साइबर विकृति रोक्न ‘फोकल पर्सन’ तोकिँदै, गृहमन्त्रीले दिए यस्तो निर्देशन

    काठमाडौं — गीतसंगीत र कला क्षेत्रमा बढ्दै गएका साइबर अपराध र सामाजिक विकृति नियन्त्रणका लागि प्रहरीको साइबर ब्युरोमा ‘फोकल पर्सन’ तोकिने भएको छ।गृहमन्त्री रमेश लेखकले बिहीबार गृह मन्त्रालयमा भेटका लागि पुगेको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको प्रतिनिधि टोलीलाई यो जानकारी दिएका हुन्। उनले प्रहरी महानिरीक्षक दीपक थापा र साइबर ब्युरो प्रमुख डीआईजी नवीन्द अर्याललाई ब्युरोमा फोकल पर्सन तोकेर तत्काल काम अघि बढाउन निर्देशन दिए।गृहमन्त्री लेखकले डिजिटल प्लेटफर्ममा समाजमा विद्वेष, घृणा, अपमान र भाषिक विभाजन फैलाउने सामग्री रोक्न निष्कर्षसहित कडाइका साथ अघि बढ्ने बताएका छन्।“समाजमा घृणा र अपहेलन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 329 पटक पढिएको
  • पूर्वराष्ट्रपति युन सुक योलमाथि पुनः कारबाही, अदालतले दियो गिरफ्तारी आदेश

    सियोल – दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योललाई अदालतले पुनः पक्राउ गर्न आदेश दिएको छ। बिहीबार बिहान सियोल केन्द्रीय जिल्ला अदालतले प्रमाण नष्ट हुन सक्ने भन्दै विशेष अभियोजकको आग्रहमा गिरफ्तारी वारेन्ट जारी गरेको हो।डिसेम्बरमा 'मार्सल ल' घोषणा गरी सत्ता कब्जा गर्ने प्रयासको आरोपमा मुछिएका युनलाई यसअघि मार्चमा रिहा गरिएको थियो। तर पछिल्लो आदेशपछि उनलाई राजधानी नजिकको हिरासत केन्द्रमा फिर्ता पठाइएको छ।विशेष अभियोजक चो युन–सुकको टोलीले युनमाथि विद्रोह प्रयास, शक्ति दुरुपयोग, आधिकारिक कागजातको जालसाजी लगायतका गम्भीर आरोप लगाएको छ। यदि दोषी ठहरिए, उनलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय हुन

    • प्रकाशित मितिः असार २६, २०८२
    • 476 पटक पढिएको
  • सुर्खेतमा ५ किलोभन्दा बढी अफिमसहित एक जना पक्राउ

    सुर्खेत – सुर्खेत प्रहरीले पाँच किलोभन्दा बढी अफिमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जाजरकोटको जुनिचाँदे गाउँपालिका–१० सिर्पाका ४६ वर्षीय जयबहादुर बस्नेत रहेका छन्।जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्राप्त गोप्य सूचनाका आधारमा भेरीगंगा नगरपालिका–१० तालबारीमा निगरानी गर्दा बुधबार साँझ करिब साढे ६ बजे बस्नेतलाई पक्राउ गरिएको हो। चेकजाँचका क्रममा उनको झोलाभित्र लुकाइ राखिएको ५ किलो ५४० ग्राम अफिमजस्तो देखिने गिलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।बस्नेतको साथबाट एक थान डिजिटल तराजु, नागरिकता प्रमाणपत्र, विभिन्न बैंकका ५ थान चेक धितो, र नगद ४,७३० रुपैयाँ पनि बरामद गरिएको छ। उनलाई ल

    • प्रकाशित मितिः असार २६, २०८२
    • 417 पटक पढिएको
  • ‘प्रधानमन्त्री ओलीकै संलग्नतामा दमक भ्यू टावरमा संगठित भ्रष्टाचार ?’

    काठमाडौँ – झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा संगठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरुले छानबिनको माग गरेका छन् । स्थानीय तथा संचारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन् ।तत्कालिन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रुपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्वोले माग गरे । दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ । भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्य हाउजिङ प्रा.लि.लाई करिब

    • प्रकाशित मितिः असार २६, २०८२
    • 583 पटक पढिएको
  • रौतहटमा १२ लाखभन्दा बढी स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

    रौतहट – रौतहटको गौर नजिकै प्रहरीले स्रोत नखुलेको १२ लाखभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। बिहीबार बिहान भारतबाट गौरतर्फ आइरहेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा रकम फेला परेको हो।पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–२ का चन्दन पण्डित रहेका छन्। प्रहरीका अनुसार, पण्डितले बोकेको झोलाबाट ९ लाख २८ हजार ५ सय रुपैयाँ नेपाली र २ लाख १५ हजार रुपैयाँ भारतीय गरी कुल १२ लाख ७३ हजार ३ सय नगद फेला परेको हो।मधेस प्रदेश प्रहरी प्रमुख डिआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार, पैसा कुन स्रोतबाट आएको भन्ने कागजात देखाउन नसकेपछि पण्डितलाई नियन्त्रणमा लिइएको हो। साथमा उनले प्रयोग गरि

    • प्रकाशित मितिः असार २६, २०८२
    • 377 पटक पढिएको
  • सर्बिया र ग्रीस पठाउने प्रलोभनमा ठगी, दुई जना पक्राउ

    काठमाडौं – वैदेशिक रोजगारीको प्रलोभन देखाई सर्बिया र ग्रीस पठाइदिने भन्दै ठगी गर्ने दुई जना काठमाडौंमा पक्राउ परेका छन्।पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ स्थायी घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया सजु श्रेष्ठ र पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ स्थायी घर भई काठमाडौं महानगरपालिका–२६ बस्ने ३० वर्षीय नारायण लाम्ताङगे रहेका छन्।प्रहरीका अनुसार, सजुले सर्बिया पठाइदिन्छु भन्दै तीन जनाबाट २० लाख रुपैयाँ असुलेकी थिइन् भने नारायणले ग्रीस पठाइदिन्छु भन्दै एकजनाबाट १६ लाख ५० हजार रुपैयाँ लिएको आरोप छ। रकम लिएपछि दुबै जना सम्पर्कविहीन भएका थिए।पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपरा

    • प्रकाशित मितिः असार २६, २०८२
    • 370 पटक पढिएको
  • ललितपुरमा मध्यराति लुटपाट, सुन र नगद लुटिए

    ललितपुर— ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा नकाबधारी चार जनाको समूहले एक घरमा लुटपाट गरेका छन्। मध्यराति १ बजे तिर कौसीको ढोका फोरेर प्रवेश गरेका लुटेराहरूले धारिलो हतियार देखाई ५० हजार रुपैयाँ नगद र करीब १ तोला सुन लुटेर फरार भएका हुन्।५० वर्षीया रजनी महर्जनको घरमा लुटपाट भएको हो । जहाँ उनी र उनकी छोरी मात्रै थिए। प्रहरीका अनुसार लुटेराहरूले एकजोर टप र तिलहरी समेत लुटेका छन्।घटनाको जानकारी पाएपछि राति २:१० मा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हालसम्म लुटमा संलग्नहरू फरार छन् भने ४ जनालाई शंका आधारमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • 717 पटक पढिएको
  • मानव बेचबिखनको आरोपमा एक जना पक्राउ, भारतमा जबर्जस्ती नाच्ने र यौन दुर्व्यवहार गर्ने आरोप

    काठमाडौ— काठमाडौँ महानगरपालिका–२६ बबरमहलकी एक महिलालाई सामाजिक सञ्जालमार्फत प्रलोभन देखाई भारत लगेर जबर्जस्ती नाच्ने कार्यमा संलग्न गराइएको आरोपमा टिंकु जैसवाल भन्ने अरुण कुमार जैसवाल पक्राउ परेका छन्।पीडित महिलाका अनुसार प्रतिवादी जैसवालले फेसबुकमार्फत सम्पर्क गरी वीरगञ्जमा आयोजना हुने स्टेज डान्स शो मा सहभागी गराउने भन्दै प्रति शो रु. ४,००० पारिश्रमिक, खाना बस्न निःशुल्क व्यवस्था हुने र आर्थिक अभाव भएमा लिन पठाउने आश्वासन दिएका थिए। सोही आश्वासनमा विश्वास गरी पीडित महिला २०८१ चैत ३० गते राति ९ः१५ बजे कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकबाट पठाओमार्फत थानकोट पुर्याइएकी थिइन्।थानकोटबाट बस चढ

    • प्रकाशित मितिः असार २५, २०८२
    • 718 पटक पढिएको
  • आफ्नै ससुराको चक्कु प्रहार गरी हत्या गर्ने ज्वाँई पक्राउ

    जनकपुर – गत बुधबार जनकपुरधाममा ६५ वर्षिय बासुदेव प्रसाद साहलाई चक्कु प्रहार गरी हत्या गरेको आरोपमा उनकै ज्वाँई ५५ वर्षीय बेचन महासेठ पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय धनुषाले बुधबार पत्रकार सम्मेलनमार्फत महासेठलाई सार्वजनिक गरेको हो । महासेठ मंगलबार (हिजो) धनुषाको जनकनन्दनी गाउँपलिका वडा नं. ४ स्थित खजुरी रेल्वे स्टेशनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।प्रारम्भिक अनुसन्धान अनुसार पारिवारिक रिसिवीका कारण महासेठले आफ्ना ससुराको भुँडी (पेट) लगायत शरिरका अन्य भागहरुमा ४÷५ पटक चक्कु प्रहार गरी फरार भएका थिए । घटनामा प्रयोग भएको चक्कुसमेत धनुषा प्रहरीले बरा

    • प्रकाशित मितिः असार २५, २०८२
    • 291 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.