ललितपुर— ललितपुर महानगरपालिका–२८ हरिसिद्धिमा नकाबधारी चार जनाको समूहले एक घरमा लुटपाट गरेका छन्। मध्यराति १ बजे तिर कौसीको ढोका फोरेर प्रवेश गरेका लुटेराहरूले धारिलो हतियार देखाई ५० हजार रुपैयाँ नगद र करीब १ तोला सुन लुटेर फरार भएका हुन्।

५० वर्षीया रजनी महर्जनको घरमा लुटपाट भएको हो । जहाँ उनी र उनकी छोरी मात्रै थिए। प्रहरीका अनुसार लुटेराहरूले एकजोर टप र तिलहरी समेत लुटेका छन्।

घटनाको जानकारी पाएपछि राति २:१० मा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हालसम्म लुटमा संलग्नहरू फरार छन् भने ४ जनालाई शंका आधारमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।