झापा / झापामा हिजो छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा बिर्तामोड नगरपालिका –९ का ४३ वर्षीय सम्पत राजवंशी र गौरादह नगरपालिका –७ ग्वालब्बाकी २८ वर्षीया सिता साह रहेकी छिन् ।
बिहीबार दिउँसो ३ बजे बिर्तामोड नगरपालिका –३ स्थित पेट्रोल पम्प आगाडि बिर्तामोड देखि भद्रपुर जादै गरेको मे ५ प १३६५ नम्बरको मोटरसाइकललाई मे१क ७८६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक राजवंशी घाईते भएका थिए ।
घाइते राजवंशीको बिर्तामोडस्थित बी एण्ड सी अस्पताल उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार रहेकी ३१ वर्षीया शान्ता कार्की समेत गम्भिर घाईते भएकी छिन् । उनको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक, ट्रक चालक भद्रपुर नगरपालिका १० का ३६ बर्षिया गंगा तामाङ इलाका प्रहरी कार्यालय अनरमनीको नियन्त्रणमा रहेको छ ।
यसैगरी बिहीबार दिउँसो सँवा ३ बजे गौरादह नगरपालिका –७ मा बा८च ७७३५ नम्बरको माईक्रो भेनले सडकको छेउमा उभिरहेका ३ जनालाई ठक्कर दिई घाईते बनाएको थियो ।
घाईते मध्ये साहको दमक अस्पतालमा उपचारको क्रममा बेलुका ४ बजे मृत्यु भएको छ भने घाईते १९ वर्षीया सम्झना रिसिदेव र ७ महिनाकी आरोसी यादवको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
माईक्रो भेन, चालक गौरादह –४ का ३० बर्षिय अशोक कुमार माक्रा इलाका प्रहरी कार्यालय गौरीगंजको नियन्त्रणमा रहेको छ ।