काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अस्पतालबाट डिस्चार्ज भएका छन् ।
कोरोना संक्रमण पछि सोमबार बलम्बुस्थित नेपाल एपीएफ अस्पतालमा भर्ना भएका जबरा शुक्रबार बिहान ९ः३० बजे डिस्चार्ज भएका हुन् ।
(कोभिड –१९) संक्रमण पुष्टि भएर निमोनिया भएपश्चात अस्पतालमा भर्ना भएका जबरा स्वास्थ्यलाभ गरी फर्किएको अस्पतालका प्रवक्ता डा. प्रबिन नेपालले जानकारी दिए ।
जबराको पिसीआर रिपोर्ट नेगेटिभ आए नआएको चाहिँ खुलाइएको छैन ।