सङ्खुवासभामा / निर्माणाधीन अरुण तेश्रोको सुरुङ भित्र काम गर्ने एक मजदुरको मृत्यु भएको छ ।
चिचिला गाउँपालिका –३ को सोलाखानीको सुरुङ भित्र काम गर्ने भारतीय मजदुर मुगेरीलाल सिंहको मृत्यु भएको हो ।
सिंह सुरुङ भित्र काम गर्ने क्रममा ढुङ्गा खसेर बुधबार दिउँसो घाइते भएका थिए । उनको उपचारको लागि खाँदबारी अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमा नै मृत्यु भएको हो ।
सिंह मध्ये प्रदेश भारतबाट अरुण तेस्रोमा काम गर्न आएका थिए । उनले करिव विगत एक वर्षदेखि सुरुङ खन्ने काम गर्दै आएका थिए ।