काठमाडौँ \ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यही मंसिर १३ गतेदेखि सशस्त्र प्रहरी बल, नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना भई कोभिड – १९ निमोनियाको उपचाररत् छन् ।
अस्पतालका प्रवक्ता सशस्त्र प्रहरी उपरीक्षक डा प्रवीन नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उल्लेख गरेका छन् ।