सङ्खुवासभा / सङ्खुवासभाको मकालु गाउँपालिका –५ चौलाखर्कमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा हर्क बहादुर तामाङको ८ महिनाको छोरा सक्षम तामाङ रहेका छन् ।
हिजो दिउँसो पौने ३ बजे घर नजिकैको माछा पोखरीमा डुबेर बालक घाईते भएका थिए । घाइते बालकको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र नुममा बेलुका पाँच बजे मृत्यु भएको हो ।