विदेश

    Showing 1,591-1,600 of 2,050 items.
  • घानामा बम विस्फोट हुँदा कयौं घर ध्वस्त, १७ शव भेटिए

    झापा(एजेन्सी) घानाको यपिएट शहरमा भयङ्कर विस्फोट भएको छ । विस्फोटबाट कयौं भवन भत्किएका छन् ।घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरूको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।सुनको खानीको रुपमा चिनिने शहरमा विस्फोट भएको हो । खानीका लागि आवश्यक विस्फोटक पदार्थ बोकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फोट भएको बताइएको छ ।स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फोट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।घानाका राष्ट्रपतिले ट्वीट गर

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 168 पटक पढिएको
  • भारतमा एकैदिन करिब साढे ३ लाखमा कोरोना संक्रमण पुष्टि

    एजेन्सी / भारतमा एकैदिन करिब साढे ३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख ४७ हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।बिहिबार ३ लाख १७ हजार ५ सय ३२ मा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा कोरोना भाइरसको तेस्रो लहर फैलिएपछि पहिलो पटक यति धेरै संक्रमित भएको पनि खबरमा उल्लेख गरिएको छ ।भारतमा झण्डै ८ महिनापछि करिब साढे ३ लाख संक्रमित भेटिएका हुन् । त्यस्तै, २ लाख ५१ हजार ७ सय ७७ जना संक्रमण मुक्त हुँदा सक्रिय संक्रमितको संख्या भने २० लाख १८ हजार ८ सय २५ पुगेको छ । हाल भारतमा कोरोनाको दैनिक संक्रमण दर १७।९४ रहेको छ ।

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 138 पटक पढिएको
  • भारतमा २४ घण्टामा ३ लाख ४७ हजार २५४ संक्रमित थपिए, ७ सय भन्दा धेरैको मृत्यु

    एजेन्सी  / भारतमा पछिल्लो २४ घण्टामा झण्डै साढे ३ लाख कोरोना संक्रमित थपिएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयले २४ घण्टाको अवधिमा ३ लाख ४७ हजार २५४ संक्रमित थपिएको शुक्रबार जानकारी दिएको हो । यो संख्या अघिल्लो २४ घण्टाको तुलनामा २९ हजार ७२२ ले धेरै रहेको पनि मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ७०३ जनाले ज्यान गुमाएका छन् । २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका पनि मन्त्रालयले जानकारी दिएको छ । अहिले भारतमा २० लाख १८ हजार ८ सय भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् । संक्रमणदर १७।९४ प्रतिशत रहेको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्

    • प्रकाशित मितिः माघ ७, २०७८
    • 123 पटक पढिएको
  • तेस्रो लहरमा अहिलेसम्मकै उच्च भारतमा कोभिड संक्रमित

    काठमाडौँ / पछिल्लो २४ घण्टामा भारतमा तीन लाख १७ हजार जनामा कोभिड देखिएको छ । यो संख्या तेस्रो लहरको संक्रमणमा अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै सङ्क्रमितको संख्या दिनहुँ बढेको छ । भारतका २९ ओटै राज्यमा ओमिक्रोन देखिएको छ । अहिलेसम्म आठ हजार २०९ जनामा ओमिक्रोन देखिएको छ ।सबैभन्दा बढी महाराष्ट्रमा ओमिक्रोन संक्रमित भेटिएका छन् । पछिल्लो २४ घन्टामा कोभिडबाट ४४१ जनाको मृत्यु भएको छ । 

    • प्रकाशित मितिः माघ ६, २०७८
    • 130 पटक पढिएको
  • इन्डोनेसियाको केन्द्रीय राजधानी सार्ने कानुन संसदबाट पारित

    एजेन्सी / इन्डोनेसियाको केन्द्रीय राजधानी सर्ने कानुन संसदबाट पारित भएको छ । जाकार्तामा रहेको अहिलेको राजधानी सारेर कालिमान्तान टापुको नुसान्तरामा लैजाने कानुन संसदबाट मङ्गलबार पारित भएको हो ।यसलाई राष्ट्रपति जोको विडोडोको कार्यकालको महत्वपूर्ण उपलब्धीको रुपमा दाबी गरिएको समाचारमा जनाइएको छ । इन्डोनेसियाको राजधानी सार्ने विषय पहिलेदेखि नै मुख्य चुनावी एजेण्डा र मुख्य योजनाका रुपमा रहदै आएको थियो ।राजधानी सर्नेसम्वन्धी अवधारणा विगतमा केही पूर्व राष्ट्रपतिहरुले पनि उठाउदै आएका थिए । जाकार्ताको जनसङ्ख्या अत्यधिक धेरै हुनु, जमिनको अभाव हुनुलगायतका कारणले राजधानी सार्नुपर्ने आवाज उठेको थियो ।राजधान

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 135 पटक पढिएको
  • भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुग्यो

    एजेन्सी / भारतमा एकैदिन दुई लाख ८२ हजारभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई लाख ८२ हजार ९७० नयाँ संक्रमित थपिएका हुन् ।भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण ४४१ जनाको ज्यान गएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार तथा दैनिक संक्रमणदर १५.१३ प्रतिशत छ ।कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको कुल संख्या ८ हजार ९६१ पुगेको छ । अघिल्लो दिनको तुलनामा ओमिक्रोन भेरियन्टका संक्रमतको संख्या ०.७९ प्रतिशतले बढेको हो ।

    • प्रकाशित मितिः माघ ५, २०७८
    • 128 पटक पढिएको
  • आप्रवासी चढेको डुंगा डुब्दा ४३ को मृत्यु

    झापा(एजेन्सी)  दक्षिणी मोरक्कोमा आप्रवासी बोकेको डुंगा दुर्घटना हुँदा कम्तिमा ४३ आप्रवासीको मृत्यु भएको छ । दुर्घटनामा महिला र केही बालबालिका पनि रहेका छन् ।डुंगा डुब्दा पल्टिएका १० जनाको उद्धार गरिएको छ । दुर्घटनापछि डुबेका मानिसहरूले सहयोगका लाग याचना गर्दै चिच्याएका थिए ।‘दुर्घटनास्थल पत्ता लगाउन स्थानीय र उद्धारकर्तालाई केही समय लागेको थियो,’ क्यामिनाडो फ्रन्टिनर्सले एक विज्ञप्तिमा भनेको छ ।फ्रन्टिनर्सले डुंगा दुर्घटनामा मारिएका व्यक्तिको तथ्यांक संकलन गर्दै आएको छ । ४३ मध्ये दुई जनाको शव फेला परेको सो सङ्गठनले जनाएको छ । ती आप्रवासी मोरक्को हुँदै स्पेनको क्यानरी टापुतर्फ जाँदै थिए ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 124 पटक पढिएको
  • सुनामी आएपछि टोंगाको जनजीवन अस्तव्यस्त

    एजेन्सी / प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतबार हुङ्गा टोंगा हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो ।सो विस्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विस्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय क्षेत्रको जनजिवन प्रभावित भएको समाचार छ ।अहिलेसम्म कतिजना घाइते वा मृत्यु भएको छ पुष्टि हुन नसकेपनि बेलायती महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनका साथीहरू र परिवारले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर सञ्चालन गर्दै आएकी थिइन ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 150 पटक पढिएको
  • अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु : भारतमा पनि भूकम्पको धक्का महसुस

    काठमाडौं / अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको हो ।भूकम्पका कारण धेरै भौतिक संरचनाहरू भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आपतकालीन सञ्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा भारी वर्षा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • 139 पटक पढिएको
  • अफगानिस्तानमा बम विस्फोट दुईको मृत्यु

    एजेन्सी / अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विगतका वर्षको युद्धबाट बाँकी रहेको विस्फोटक पदार्थ आइतबार विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।स्थानीयवासीका अनुसार प्रान्तीय राजधानी पुल – ए –खुम्री सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार मध्याह्नमा भएको विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विस्फोटक उपकरणले सर्वसाधारणको ज्यान गत हप्तामा पनि गएको थियो । गत सोमबार पूर्वी नान्गाहर प्रान्तको लालपुर जिल्लाको एक विद्यालयबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा छ बालबालिका र एक बिक्रेताको मृत्यु हुनुका साथै अन्य धेरै

    • प्रकाशित मितिः माघ ३, २०७८
    • 128 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.