एजेन्सी / अफगानिस्तानका अन्तरिम गृहमन्त्री तथा तालिबानका बरिष्ठ नेता सिराजुद्दीन हक्कानी पहिलो पटक सार्वजनिक रुपमा देखिएका छन् । अमेरिकाको मस्ट वान्टेड सूचीमा समेत रहेका हक्कानीका केही तस्वीरहरू सार्वजनिक भएका छन् । 

हक्कानी शनिबार काबुलमा अफगान पुलिस अधिकारीहरूको पासिङ आउट परेडमा सहभागी भएका थिए । अफगानिस्तानको राष्ट्रिय टिभी च्यानलमा पनि लाइभ प्रसारण गरिएको उक्त कार्यक्रम देखि नै हक्कानीका तस्वीरहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो ।

OM Sai Pathibhara Hospital

यस क्रममा पुलिस अधिकारी र जनताका लागि नै मिडिया अगाडि आएको हक्कानीले बताएका छन् भने अहिलेसम्म सिराजुद्दीन हक्कानीको अनुहार धमिलो देखिएको एउटा मात्र तस्वीर सार्वजनिक भएको थियो ।

उनले गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि हक्कानीले तालिबानका बरिष्ठ अधिकारी र विदेशी पाहुनासँग लगातार भेटघाट गरिरहेको भएपनि उनको तस्वीर भने जारी गरिएको थिएन । 

एक पटक उनले एउटा टेलिभिजन च्यानललाई अन्तरवार्ता पनि दिएका थिए तर त्यसमा पनि उनको अनुहार देखाइएको थिएन । हक्कानी अहिले पनि अमेरिकाको संघीय जाँच ब्युरो एफबीआइको मस्ट वान्टेड सूचीमा छन् । अमेरिकाले उनको बारेमा कुनै पनि खबर दिनेलाई एक करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।