एजेन्सी / युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक पटक फेरि पश्चिमा राष्ट्रलाई युक्रेनमा ‘नो(फ्लाइ जोन’ अर्थात् कुनै पनि उडान गर्न नपाउने क्षेत्र घोषणा गर्न आह्वान गरेका छन् । तर, सैन्य सङ्गठन नेटोले त्यसको विरोध गरिरहेको छ । 

युद्धमा नो(फ्लाइ जोन भनेको विमानलाई प्रतिबन्धित हवाई क्षेत्रमा प्रवेश गर्नबाट रोक्नको लागि हो । सामान्यतया आक्रमण वा निगरानीलाई नियन्त्रण गर्नका लागि हवाई प्रवेश रोकिन्छ । तर यस्तो प्रतिबन्ध सैन्य माध्यमबाट लागू गरिनु पर्छ ।

OM Sai Pathibhara Hospital

युक्रेनमाथि नो(फ्लाइ जोन घोषणा गर्नुको अर्थ विशेष गरी नेटो सेना सहित अन्य सैन्य बलहरू आकाशहरूमा देखिएका कुनै पनि रुसी विमानहरूसँग प्रत्यक्ष संलग्न हुनेछन् र आवश्यक परेको खण्डमा ती विमानहरूमाथि गोली प्रहार गर्नेछन् । 

यसले प्रभावकारी रूपमा पश्चिमी राष्ट्रहरूलाई रुससँग सैन्य लडाइँमा ल्याउनेछ। र, यसले युद्धको घटनाक्रम नाटकीय रूपमा बढ्नेछ ।