काठमाडौँ / पाकिस्तानको पेसावर शहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटनमा परी ५० जना बढी घाइते भएका छन् ।
आक्रमणको जिम्मा कसैले लिएको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन् ।






































