काठमाडौँ / पाकिस्तानको पेसावर शहरस्थित एक मस्जिदमा शुक्रबार आत्मघाती बिस्फोट हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।

पाकिस्तानी समाचार पत्र द डनका अनुसार कोचा रिसालदार क्षेत्रको सिया मस्जिदमा भएको बिस्फोटनमा परी ५० जना बढी घाइते भएका छन् ।

OM Sai Pathibhara Hospital


विस्फोटमा दुई जना आत्मघाती संलग्न रहेको बताइएको छ । उनीहरूले मस्जिदको सुरक्षामा रहेका प्रहरीमाथि गोली हानेका थिए । गोली हानाहानमा एक जना प्रहरी र आक्रमणकारीको मृत्यु भएको थियो। त्यहीबेला अर्का आत्मघाती मस्जिदभित्र छिरेर बम बिस्फोट गराएका थिए ।

आक्रमणको जिम्मा कसैले लिएको छैन । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बिस्फोट निन्दा गरेका छन् ।