काठमाडौँ / चीनभित्रै कोरोना भाइरसका नयाँ संक्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरूले जानकारी गराएका छन् । चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ संक्रमित देखिएका हुन् ।


तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो । चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रका नागरिकमा पाइएको हो ।

OM Sai Pathibhara Hospital

यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । हेबेइ, ग्वांगोगजिलिनमा ती सङ्क्रमित पाइएका हुन् । पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।

चीनले कोरोनाबाट निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरूको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा सङ्क्रमितहरु बढेको पाइएको छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।