एजेन्सी / रुसले युक्रेनमा गरेको आक्रमणको समाचार सङ्कलनमा खटिएको ब्रिटेनको समाचार च्यानल स्काई न्युजको एक टोलीमाथि आक्रमण गरेको छ ।

मुख्य सम्वाददाता स्टुअर्ट रेमसे र उनको टिम राजधानी किएभ बाहिर आक्रमणमा परेको हो । तर उनीहरु चामत्कारिक रुपमा बाँच्न सफल भएको स्काई न्यूजले जनाएको छ ।

OM Sai Pathibhara Hospital

स्काई न्युजको वेबसाइटमा आक्रमणमा परेको भिडियोसहित समाचार पोष्ट गरिएको छ । भिडियोमा पत्रकारहरू सवार गाडीमा गोली बर्सिएर सिसा फुटेको र उनीहरूले आफूहरू पत्रकार भएको भन्दै चिच्याइरहेको सुनिन्छ । समाचारमा घटनाबारे विस्तारमा जानकारी दिइएको छ ।

आक्रमणमा घाइते भएका स्टुअर्ट रेमसेले आफूहरू निकै भाग्यले बाँचेको बताएका छन् । स्टुअर्टसहित पत्रकारहरूको टोली सुरक्षित तरिकाले ब्रिटेन फर्किसकेको छ ।