काठमाडौँ / अष्ट्रेलियाका विश्व प्रसिद्ध क्रिकेटर शेन वार्नको ५३ वर्षको उमेरमा निधन भएको छ । उनको आज निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यले जनाएको छ ।

वार्नको हृदयघातका कारण मृत्यु भएको खुल्न आएको छ । उनको जन्म सन् १९६९ मा भएको थियो । वार्नले टेष्ट क्रिकेटमा मात्रै ७ सय भन्दा बढी विकेट लिएका थिए । त्यस्तै एक दिवशीय र टेष्ट गरेर १ हजार विकेटको आँकडालाई छोएका थिए ।

OM Sai Pathibhara Hospital

उनी कयौं स्पीनरका लागि आदर्श पुरुष रहेका छन् ।