विदेश

    Showing 1,571-1,580 of 2,133 items.
  • १३०० सेना मारिएको युक्रेनी राष्ट्रपतिद्वारा स्वीकार

    एजेन्सी / रुसी सेनाको आक्रमणमा १३०० सेनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले स्वीकार गरेका छन् । त्यस्तैगरी करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनका सेनासमक्ष आत्मसमर्पण गरेको दावी पनि गरेका हुन् ।राष्ट्रपति जेलेस्कीले गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामै उक्त मात्रामा आफ्ना सेनाको मृत्यु भएको स्वीकार गरेका हुन् । युक्रेनको राजधानी किभको दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गर्दा ठूलो मात्रामा युक्रेनी सेनाको मृत्यु भएको जनाईएको छ ।रुसले आफ्नो सेना किभ बाहिर वरिपरिको क्षेत्रलाई घेरा हालेर आक्रमण गरिरहेको बेला २५ किलोमिटर दूरीबाट उक्त सैन्य अखडालाई न

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 158 पटक पढिएको
  • साउदी अरबमा एकैदिन ८१ पुरुषलाई मृत्युदण्ड

    एजेन्सी  / साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो ।मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको छ । मृत्युदण्ड दिइएका मध्ये केहीलाई इस्लामिक स्टेट (आइएस), अल–कायदा र हुथी विद्रोहीसँग सम्बन्ध राखेको आरोप लगाइएको छ ।मृत्युदण्ड पाएकाहरुले निष्पक्ष न्यायिक अधिकार प्राप्त नगरेको हुन सक्ने अधिकारवादी संस्थाहरुले बताएका छन् । तर, साउदी सरकारले भने सो आरोप अस्वीकार गरे

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 155 पटक पढिएको
  • हालान्डलाई भित्र्याउने सिटीको तयारी

    एजेन्सी / म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गर्दै दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको हो । दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने समेत तयारी भएको बताइएको छ ।खेलाडीको एजेन्टको शुल्कका साथै साइन(अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना रहेको छ । डायमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज रहेको छ । बार्सिलोना र पेरिस सेन्ट(जर्मेनले पनि उनीबारे चासो देखाएको भएपनि गोल मेसिनको हस्ताक्षरको लागि अन्तिम संघर्ष जारी राख्ने सिटीको सबैभन

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 145 पटक पढिएको
  • दिल्लीमा आगलागी हुदाँ ७ जनाको मृत्यु , ३० घर जलेर नष्ट

    एजेन्सी / दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति आगलागी हुदाँ सात जनाको मृत्यु भएको  बीबीसीले जनाएको छ ।उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पीएस क्षेत्रमा करिब राती १ बजे आगो लागेको थियो । उनले करिब ४ बजे आगो नियन्त्रणमा आएको बताए । उनले उक्त दुर्घटनामा ३० घर जलेका र सात जनाको ज्यान गएको बताए ।राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले आफू गोकुलपुरी गएर पीडितलाई भेटेर अवस्थाको जानकारी लिने बताएका छन् ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 169 पटक पढिएको
  • रुसलाई जेलेन्स्कीको आरोप

    काठमाडौं / रुसले युद्धका लागि आतङ्कवादी उपाय अपनाएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । उनले रुसी आक्रमणकारीहरूको कार्य आतङ्कवादी जस्तै रहेको राजधानी किभबाट फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका लगाउदै युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताएका छन् । शुक्रबार ७ हजार १४४ जनाको उद्धार गरिएको उनले बताएका छन् ।जेलेन्स्कीले फेरि युक्रेनका जनतालाई रुसविरुद्ध दृढताका साथ खडा हुन अपील गरेका छन् भने रुसका आमाहरूलाई पनि आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गरेका छन् ।आफ्नो सम्बोधनको अन्त्यमा उ

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 149 पटक पढिएको
  • युक्रेनबाट आउने कच्चा पदार्थको अभाव

    काठमाडौं / युक्रेनबाट आयात हुने कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।उद्योगीहरूले नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले कोरिडोरका सबै रिफाइनरी उद्योगले आफ्नो उत्पादन घटाएको बताएका छन् ।कच्चा पदार्थको मौज्दात कम भएसँगै न्यूनतम २५ प्रतिशतले सबैले

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 141 पटक पढिएको
  • साउदीका विदेशमन्त्री फैसलविन नेपाल भ्रमण गर्न आउँदै

    काठमाडौं  / साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । यही फागुन ३० देखि चैत १ गतेसम्म साउदीका विदेश मन्त्रीले नेपाल भ्रमण गर्ने भएका हुन् ।सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदी अरबका विदेश मन्त्री नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएका हुन् । उनका अनुसार उनी जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन् ।मन्त्रिपरिषद्ले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको छ ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 168 पटक पढिएको
  • भारतीय क्षेप्यास्त्र पाकिस्तानी भूमिमा खस्यो

    एजेन्सी / पाकिस्तानी सशस्त्र सेनाले भारतीय क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दाबी गरेको छ । स्पुतनिक समाचार एजेन्सीले भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको इलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भट्याएको बताएको छ । साँझ ६ः४३ बजे उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र सेनाले पत्ता लगाएको थियो । रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्र तर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो ।पाकिस

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 227 पटक पढिएको
  • भारतका पाँच राज्यमा मतगणना जारी

    एजेन्सी  / भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो ।प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी फेरि भारी बहुमततर्फ अग्रसर देखिएको छ । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको जादु चलेको विश्लेषण भइरहेको छ । भाजपालाई अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले पछ्याइरहेको छ भने अन्य दल निकै पछि छाडिएका छन् । ४०३ सिट रहेको उत्तर प्रदेशमा बहुमतका लागि २०२ स्थान जित्नुपर्छ ।उता, पञ्जाबमा भने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीले फ

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 149 पटक पढिएको
  • चीनमा कोरोना सङ्क्रमितको संख्या थपिँदै

    काठमाडौं / चीनमा पछिल्लो केही दिनयता कोरोना भाइरस सङ्क्रमितहरूको संख्या बढ्न थालेको छ । थप सङ्ख्यामा कोरोना भाइरसको संक्रमित भेटिन थालेको चीनका स्वास्थ्य अधिकारीहरूले बताएका छन । चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका छन् । अघिल्लो दिन अर्थात् मङ्गलवार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको चीनको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । चीनको नेशनल हेल्थ कमिसनले जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थान मध्ये सबैभन्दा बढी जिलिनमा संक्रमित पाइएको जनाएको छ ।  जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा संक्रम

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.