काठमाडौं / रुसले युद्धका लागि आतङ्कवादी उपाय अपनाएको युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आरोप लगाएका छन् । उनले रुसी आक्रमणकारीहरूको कार्य आतङ्कवादी जस्तै रहेको राजधानी किभबाट फेसबुक मार्फत सार्वजनिक गरेका हुन् ।

जेलेन्स्कीले रुसले मेलिटोपोलका मेयरलाई कैद गरेको आरोप लगाएका लगाउदै युद्धग्रस्त क्षेत्र छाड्नेको संख्या शुक्रबार निकै घटेको बताएका छन् । शुक्रबार ७ हजार १४४ जनाको उद्धार गरिएको उनले बताएका छन् ।

OM Sai Pathibhara Hospital

जेलेन्स्कीले फेरि युक्रेनका जनतालाई रुसविरुद्ध दृढताका साथ खडा हुन अपील गरेका छन् भने रुसका आमाहरूलाई पनि आफ्ना छोराछोरीलाई युद्धमा नपठाउन आग्रह गरेका छन् ।

आफ्नो सम्बोधनको अन्त्यमा उनले नम्र हुँदै भने चीनमा भएको प्याराओलम्पिक शीतकालीन खेलहरूमा युक्रेनले पदक जित्न दोस्रो नम्बरमा भएकोमा बधाई दिएका छन् ।