एजेन्सी / दिल्लीको गोकुलपुरी क्षेत्रमा शुक्रबार राति आगलागी हुदाँ सात जनाको मृत्यु भएको  बीबीसीले जनाएको छ ।

उत्तर पूर्व दिल्लीका अतिरिक्त डीसीपीका अनुसार गोकुलपुरी पीएस क्षेत्रमा करिब राती १ बजे आगो लागेको थियो । उनले करिब ४ बजे आगो नियन्त्रणमा आएको बताए । उनले उक्त दुर्घटनामा ३० घर जलेका र सात जनाको ज्यान गएको बताए ।
राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले आफू गोकुलपुरी गएर पीडितलाई भेटेर अवस्थाको जानकारी लिने बताएका छन् ।