काठमाडौं / युक्रेनबाट आयात हुने कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।
उद्योगीहरूले नेपालका उद्योगले मगाएको ५० हजार टन सूर्यमुखीको तेलको कच्चा पदार्थ रोकिएको जनाएका छन् । मोरङ व्यापार सङ्घका कार्यकारी सदस्य एवं पशुपति खाद्य तेलका सञ्चालक अमित शारडाले कोरिडोरका सबै रिफाइनरी उद्योगले आफ्नो उत्पादन घटाएको बताएका छन् ।






































