काठमाडौं / चीनमा पछिल्लो केही दिनयता कोरोना भाइरस सङ्क्रमितहरूको संख्या बढ्न थालेको छ । थप सङ्ख्यामा कोरोना भाइरसको संक्रमित भेटिन थालेको चीनका स्वास्थ्य अधिकारीहरूले बताएका छन । 

चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका छन् । अघिल्लो दिन अर्थात् मङ्गलवार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको चीनको नेशनल हेल्थ कमिसनले जानकारी दिएको छ । 

OM Sai Pathibhara Hospital

चीनको नेशनल हेल्थ कमिसनले जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थान मध्ये सबैभन्दा बढी जिलिनमा संक्रमित पाइएको जनाएको छ ।  जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ । चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरूमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरिएको छ ।

नागरिकलाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरूको निरन्तर परीक्षण गरिरहेको जनाएको छ । यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका समेत बताइएको छ ।