काठमाडौं / साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन् । यही फागुन ३० देखि चैत १ गतेसम्म साउदीका विदेश मन्त्रीले नेपाल भ्रमण गर्ने भएका हुन् ।
सरकार प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले साउदी अरबका विदेश मन्त्री नेपाल भ्रमणमा आउन लागेको जानकारी दिएका हुन् । उनका अनुसार उनी जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्न नेपाल आउन लागेका हुन् ।
मन्त्रिपरिषद्ले साउदी विदेश मन्त्रीसँग दुई पक्षीय वार्ता गर्न परराष्ट्र मन्त्री नारायण खड्काको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने पनि निर्णय गरेको छ ।