एजेन्सी  / भारतका पाँच राज्यमा भएको विधानसभा चुनावको मतगणनाको प्रारम्भिक परिणाम आउन थालेको छ । गत महिना सम्पन्न निर्वाचनको आज बिहानदेखि मतगणना सुरू भएको हो ।

प्रारम्भिक मतपरिणामले भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशमा भारतीय जनता पार्टी फेरि भारी बहुमततर्फ अग्रसर देखिएको छ । उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथको जादु चलेको विश्लेषण भइरहेको छ । भाजपालाई अखिलेश यादव नेतृत्वको समाजवादी पार्टीले पछ्याइरहेको छ भने अन्य दल निकै पछि छाडिएका छन् । ४०३ सिट रहेको उत्तर प्रदेशमा बहुमतका लागि २०२ स्थान जित्नुपर्छ ।

OM Sai Pathibhara Hospital

उता, पञ्जाबमा भने दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको आम आदमी पार्टीले फराकिलो अन्तरले बहुमत ल्याउने देखिएको छ । पञ्जावमा सत्तारुढ कांग्रेस पार्टीलाई पछि पार्दै आप अघि बढेको हो ।

यस्तै, मतगणना भइरहेका राज्यहरु उत्तराखण्ड, गोवा र मणिपुरमा पनि भारतीय जनता पार्टी नै बहुमततर्फ अघि बढेको छ । उत्तर प्रदेशमा भाजपाको पुनः जीत र पञ्जावमा आम आद्मीको उदयले भारतीय राजनीतिमा महत्वपूर्ण अर्थ राख्ने विश्लेषण गरिँदैछ ।