एजेन्सी / रुसी सेनाको आक्रमणमा १३०० सेनाको मृत्यु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेस्कीले स्वीकार गरेका छन् । त्यस्तैगरी करिव ५०० देखि ६०० रुसी फौजले युक्रेनका सेनासमक्ष आत्मसमर्पण गरेको दावी पनि गरेका हुन् ।

राष्ट्रपति जेलेस्कीले गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामै उक्त मात्रामा आफ्ना सेनाको मृत्यु भएको स्वीकार गरेका हुन् । युक्रेनको राजधानी किभको दक्षिणमा रहेको एउटा सैन्य आधारमा रुसी सेनाले मिसाइल प्रहार गर्दा ठूलो मात्रामा युक्रेनी सेनाको मृत्यु भएको जनाईएको छ ।

OM Sai Pathibhara Hospital

रुसले आफ्नो सेना किभ बाहिर वरिपरिको क्षेत्रलाई घेरा हालेर आक्रमण गरिरहेको बेला २५ किलोमिटर दूरीबाट उक्त सैन्य अखडालाई निशाना बनाएको बताइएको छ । विश्व शक्ति मुलुकहरू फ्रान्स र जर्मनले रुसी राष्ट्रपतिलाई युद्धबिराम गर्न आग्रह गरिरहेकाछन् । तर रुसले भने युद्ध रोक्न चाहिरहेको छैन ।