एजेन्सी / म्यानचेस्टर सिटीले बोरुसिया डर्टमन्डबाट अर्लिङ हालान्डलाई अनुबन्ध गर्ने तयारी गरेको छ । स्पोर्ट्समेल २१ वर्षीय युवा खेलाडी इतिहाद आउने अपेक्षा गर्दै दुई पक्षबीच व्यक्तिगत रुपमा छलफल भैसकेको हो । दुई क्लबबीच सम्झौतामा हस्ताक्षर गर्ने समेत तयारी भएको बताइएको छ ।

खेलाडीको एजेन्टको शुल्कका साथै साइन(अन बोनस आदि गरेर उनलाई अनुबन्ध गर्न कूल १०० मिलियन पाउण्ड लाग्ने सम्भावना रहेको छ । डायमन्डसँगको सम्झौतामा हालान्डको ६३ मिलियन पाउण्डको रिलीज क्लज रहेको छ । 

OM Sai Pathibhara Hospital

बार्सिलोना र पेरिस सेन्ट(जर्मेनले पनि उनीबारे चासो देखाएको भएपनि गोल मेसिनको हस्ताक्षरको लागि अन्तिम संघर्ष जारी राख्ने सिटीको सबैभन्दा महत्त्वपूर्ण प्रतिद्वन्द्वी रियल म्याड्रिड रहेको छ । हालान्डले बुन्डेसलिगा टोलीका लागि ७९ खेलमा ८० गोल गरेका छन् र करियरमा १९० खेलबाट १४९ गोल गरेका छन् ।