लण्डन / पटक–पटकको आग्रहमा पनि आफ्ना माग पूरा नगरेको भन्दै गोर्खाहरूले बेलायतमा रिले अनशन शुरु गरेका छन् । गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समितिको नेतृत्वमा बुधबार दिउँसो १ बजेदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा अनशन थालिएको छ ।बेलायत सरकार र नेपाल सरकारलाई पटक–पटक आफ्ना मागको सुनुवाइका लागि विभिन्न चरणमा र विभिन्न माध्यमबाट आग्रह गर्दा पनि सुनुवाइ नभएपछि बाध्यात्मक परिस्थितिले अनशन बस्न परेको अभियानकर्मी ज्ञानराज राईले बताएका छन् । बुधबारदेखि १३ दिनसम्म लगातार अनशन बस्ने र हरेक दिन एक एक जना अनशन बस्ने योजना रहेको राईले बताए। सत्याग्रह समितिका प्रमुख कृष्णबहादुर राईका अ
काठमाडौँ / भारतमा थप ४२ हजार १५ जना कोरोना भाइरस सङ्क्रमित भएको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १२ लाख १६ हजार भन्दा बढी पुगेको छ ।भारतमा अहिले कोरोना भाइरस सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख ७ हजार १७० रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ४८९ जनाको मृत्यु भएको छ । तर महाराष्ट्र राज्यले कोरोना सङ्क्रमणका कारण पहिले नै ज्यान गुमाएका तर तथ्याङ्कमा छुटेका व्यक्तिको नाम दिएको हुनाले गत २४ घण्टामा कोरोना सङ्क्रमितको कारण मृत्यु भएकाको संख्या तीन हजार ९९८ भएको
एजेन्सी / अत्यधिक वर्षाका कारण आएको भीषण बाढीमा परी जर्मनीमा १३३ व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैसँगै यस प्रकोपबाट युरोपमा जम्मा १५३ जनाको मृत्यु भएको समाचारमा जनाइएको हो । धेरै क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा २० जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइनेमा बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ९० व्यक्तिको मृत्यु भएको छ । यस क्षेत्रमा यसअघि नै ४३ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका थिए ।
काठमाडौँ / भारतमा कोरोनाभाइरसबाट ३८ हजार ७९ जना नयाँ सङ्क्रमित भएका छन् । सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार अघिल्लो केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्याको तुलनामा गत २४ घण्टामा घटेको छ । भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड १० लाख ६४ हजार ९०८ पुगेको छ ।भारतमा अहिले पनि कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या चार लाख २४ हजार २५ रहेको अधिकारीले जनाएका छन् । पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५६० जनाको मृत्यु भएको पनि मन्त्रालयले शनिबार जानकारी दिएको छ । कोरोनाभाइरसबाट मृत्यु भएकाको कुल सङ्ख्या भारतमा अहिलेसम्म चार ला
बर्लिन(एएफपी) अत्यधिक वर्षाका कारण आएको बाढीमा परी जर्मनीमा ९३ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार प्रकोपबाट युरोपमा हालसम्म १०८ जनाको मृत्यु भएको हो । धेरैको क्षति जर्मनीमा भएको छ भने बेल्जियममा कम्तीमा ११ जनाको मृत्यु हुनको साथै हराइरहेका मानिसहरूको सङ्ख्या बढी रहेको बताइएको छ । जर्मनीको वेस्ट फेलिया प्रान्तका नर्थ राइने बाढीको सबैभन्दा बढी प्रभाव परेको बताइएको छ । यस प्रकोपबाट यहाँ ४३ व्यक्तिको मृत्यु भएको बताइएको छ । यस क्षेत्रमा यसअघि नै ३१ व्यक्तिको मृत्यु भएको राज्यका अधिकारीहरुले जानकारी दिएका छन् । शुक्रवार उक्त क्षेत्रम
बेइजिङ(सिन्ह्वा) चीनको राजनैतिशास्त्र तथा कानून विश्वविद्यालयका पूर्व उपाध्यक्ष यू झिगाङलाई घुस लिएको आरोपमा लाओनिंग प्रान्तको पिपल्स प्रोक्यूरेटरेट्ले पक्राउ गरेको छ । राष्ट्रिय पर्यवेक्षण आयोगले गरेको अनुसन्धानपछि यूको मुद्दा समीक्षा र अभियोजनका लागि अपराध अनुसन्धान अधिकारीलाई हस्तान्तरण गरिएको ‘सुप्रिम पिपल्स प्रोक्चरेटोरले बिहीबार एक विज्ञप्ति मार्फत बताएको छ । मुद्दामाथि थप अनुसन्धान भने जारी रहेको बताइएको छ । यूलाई दलको अनुशासन र कानुन उल्लङ्घन गरेको आरोपमा चिनियाँ कम्यूनिस्ट पार्टी सदस्य र सार्वजनिक सेवाबाट पनि निस्काशन गरिएको छ ।
कराँची(एएनआई) पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार निधन भएको छ । लामो समय बिरामी भएका उनको ८० वर्षको उमेरमा निधन भएको हो । गत वर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो । उनको उपचारका क्रममा निधन भएको हो । पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए । उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए । हुसेनका श्रीमती र तीन छोरा छन् ।राष्ट्रपत
काठमाडौँ(एजेन्सी) भारतमा कोरोनाबाट थप ३८ हजार ७९२ जना सङ्क्रमित भएका छन् । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो । अघिल्लो दिन ३१ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए । त्यसैगरी कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि अहिले थप ४१ हजार जना सङ्क्रमणमुक्त भएका छन् । नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै रहेकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको कुल सङ्ख्या पनि कम भएको छ । भारतमा अहिले पनि कोरोनाबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख २९ हजार ९४६ रहेको अधिकारीहरुले जनाएका
नयाँ दिल्ली(एएनआई) भारतको मन्त्रीपरिषद्को बैठक एक बर्षपछि मात्रै भौतिक रुपमा बसेको छ । कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ । मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक बसेका हुन् । बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ । प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलालेको जनाइएको छ ।
काठमाडौँ (सिन्ह्वा) / पाकिस्तानको उत्तरपश्चिमी प्रान्तमा बुधबार भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको छ । सो आक्रमणमा परी अरु ३९ जना घाइते भएका छन् ।पाकिस्तानको उत्तरपश्चिमी खैबर पाक्तुँख्या प्रान्तमा बसमा हमला गरेको थिए । बसमा बम हानेर अज्ञात व्यक्तिले ती नौ जनाको ज्यान लिएको बताइएको छ ।सो बसमा रहेका अरु ३९ जना नराम्ररी घाइते भएका छन् । सो प्रान्तको दासु क्षेत्रमा कामदारहरु लिएर हिँडेको सो बसमा अज्ञात बन्दुकधारीहरुले हमला गरेका थिए ।बसलाई लक्ष्य गरेर अज्ञात व्यक्तिले बम हानेका थिए । बसमा रहेका अरु घाइते यात्रुहरुमध्ये अधिकांश गम्भीर रुपमा घाइते भएका छन् । उनीहरुलाई नजिकैको
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.