विदेश

    Showing 1,131-1,140 of 2,133 items.
  • सुपरमार्केटमा प्लाष्टिक झोला प्रतिबन्ध

    काठमाडौं—बङ्गलादेश सरकारले अक्टोबर १ देखि सबै सुपरमार्केटमा प्लाष्टिक झोला (पोलिथिन र पोलिप्रोपाइलीन) राख्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नोभेम्बर १ देखि यो प्रतिबन्ध अन्य बजारमा पनि लागू हुनेछ । वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले पोलिथिन र पोलिप्रोपाइलीन उत्पादकहरूमाथि कडा कारबाही गरिने बताएका छन् । सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्नका लागि विस्तृत योजना बनाइएको छ । सुपरमार्केटहरूले वैकल्पिक झोलाहरूका लागि अर्डर दिइसकेको र आवश्यक व्यवस्था मिलाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • 481 पटक पढिएको
  • लेबनानमा इजरायली हमला, २७४ को मृत्यु

    काठमाडौं— लेबनानमा इजरायली हमला हुँदा एकै दिन दुई सय ७४ जना मारिएका छन् । ज्यान गुमाउनेमा २१ बालबालिका, ३९ महिला र दुई स्वास्थ्यकर्मी छन् । आक्रमणमा एक हजारभन्दा बढी घाइते छन् । स्वास्थ्यमन्त्री फिरास अबियादले इजरायली बमबारीले भाग्न खोज्नेहरूका घर, मेडिकल सेन्टर, एम्बुलेन्स र कारहरूलाई निसाना बनाएको बताए।  घाइतेमध्ये कतिपयको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। अलजजिराका अनुसार इजरायली आक्रमणपछि लेबनानी सिभिल डिफेन्सले ‘दक्षिणी क्षेत्र नाबातिह र बेकामा धेरै घर, कारखाना र गोदाममा’ फैलिएको आगो निभाउन काम गरिरहेको जनाएको छ। विद्

    • प्रकाशित मितिः असोज ८, २०८१
    • 543 पटक पढिएको
  • बिरामी भएपछि पोप फ्रान्सिसको भ्रमण रद्द

    काठमाडौं–चर्चित धर्मगुरु पोप फ्रान्सिसले आफ्नो स्वास्थ्यमा समस्या देखिएपछि बेल्जियम र लक्जमबर्गको निर्धारित भ्रमण रद्द गरेका छन् । भ्याटिकनले सोमबार जारी गरेको वक्तव्यमा पोपलाई ‘फ्लू’ को लक्षण देखिएकाले सावधानीका रूपमा भ्रमण रद्दको निर्णय लिएको जनाएको छ ।भ्रमण रद्द भएपछि, पोपले बिहीबार लक्जमबर्ग जाने र आइतबार ब्रसेल्समा मासको साथ आफ्नो बेल्जियम भ्रमणको अन्त्य गर्ने योजना स्थगित गरेका छन् । ८७ वर्षीय पोपले हालै एसियाको चार राष्ट्रको ११ दिने भ्रमण सकेका थिए, जुन उनको पोन्टीफिकेटको सबैभन्दा लामो र टाढाको यात्रा थियो ।भ्याटिकनका अनुसार, पोपले गत हिउँदमा तीव्र ब्रोन्काइटिस र इन्फ्लुएन्जाको समस्या भ

    • प्रकाशित मितिः असोज ७, २०८१
    • 475 पटक पढिएको
  • हिजबुल्लाहविरुद्ध घातक आक्रमण गर्दै इजरायल, हायफामा जमघट गर्न रोक

    काठमाडौं–इजराइलले लेबनानको सीमा नजिकको उत्तरी शहर हायफामा मानिसहरूलाई भेला नहुन चेतावनी जारी गरेको छ । यो चेतावनी दक्षिणी लेबनानमा इजरायलको हवाई हमलापछि हिजबुल्लाहले गरेको जवाफी कारबाहीको समयमा दिइएको हो । इजराइली सुरक्षा बल (आईडीएफ) का प्रवक्ता रियर एडमिरल डेनियल हगारीले जानकारी दिएअनुसार, दर्जनौं लडाकू विमानले दक्षिणी लेबनानमा हिजबुल्लाहले आफ्नो देशविरुद्ध हमलाको तयारी गरिरहेको स्थानहरूमा व्यापक रूपमा हमला गर्न थालिसकेका छन्। राजधानी बेरूतमा शुक्रबार भएका हवाई हमलामा आईडीएफका अनुसार लगभग १२ हिजबुल्लाहका वरिष्ठ कमाण्डरहरू मारिएका छन् । तर लेबनानका अधिकारीहरुका अनुसार ती हमलामा

    • प्रकाशित मितिः असोज ६, २०८१
    • 581 पटक पढिएको
  • नुन धेरै खाएर एक वर्षमा १९ लाखको मृत्यु !

    काठमाडौं— विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वका प्रायः सबैले दैनिक आवश्यकभन्दा दोब्बर नुन खपत गरिरहेका छन् । बढी नुन सेवनबाट हुने रोगका कारण बर्सेनि १९ लाख मानिसको मृत्यु हुने गरेको छ ।भारतको सेन्ट्रल ग्राउण्ड वाटर अथॉरिटीको रिपोर्ट अनुसार दिल्लीको जमिनमुनिको पानीमा नुनको मात्रा सामान्यभन्दा बढी छ। विश्लेषण गरिएको नमूनामा २५ प्रतिशतभन्दा बढीको पानी नुनिलो भएको पाइएको थियो । यस मामिलामा राजस्थानपछि दिल्ली दोस्रो स्थानमा छ, त्यहाँका ३० प्रतिशत नमूनामा नुन पानी रहेको छ ।विश्व स्वास्थ्य संगठनका अनुसार एक स्वस्थ व्यक्तिले प्रतिदिन ५ ग्रामभन्दा कम नुन (२००० मिलीग्राम सोडियमभन्दा कम) उपभो

    • प्रकाशित मितिः असोज ५, २०८१
    • 506 पटक पढिएको
  • पेजरमार्फत भएका श्रृंखलाबद्ध विस्फोटमा १२ जनाको मृत्यु

    काठमाडौं – लेबनानमा पेजरमार्फत भएका धमाकामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले एक आठ वर्षीया बालिका र एक ११ वर्षीय बालकसहित १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। धमाकामा स्वास्थ्यकर्मीसमेत परेका छन् भने २७५० जना घाइते विभिन्न अस्पतालहरूमा उपचाररत छन्। गम्भीर घाइतेहरूलाई राम्रो उपचारका लागि ईरान र सीरियामा पठाइएको मन्त्रीले जानकारी दिएका छन्। ९८ प्रतिशत घाइतेहरूको उपचार लेबनानमै भइरहेको छ।यसैबीच, लेबनानका संस्कृति मन्त्री मोहम्मद विसामले इजरायलमाथि कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले इजरायललाई मानवताको शत्रु भन्दै प्रतिक्रिया दिएक

    • प्रकाशित मितिः असोज २, २०८१
    • 553 पटक पढिएको
  • यागी चक्रवातले दक्षिणपूर्वी एसियामा ६० लाख बालबालिका प्रभावित

    काठमाडौं–युनिसेफले दक्षिणपूर्वी एसियामा चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण करिब ६० लाख बालबालिका प्रभावित भएको जानकारी दिएको छ । यागीले दुई हप्ता अघि भियतनाम, थाइल्यान्ड, लाओस र म्यानमारमा शक्तिशाली हावा र भारी वर्षा निम्त्याएको थियो ।थाइल्यान्डले बुधबार थप तीन जनाको मृत्यु भएको पुष्टि गर्दै, यस क्षेत्रको कुल मृत्यु संख्या ५३७ पुगेको जनाएको छ । युनिसेफका अनुसार, प्रभावित बालबालिकाको स्वच्छ पानी, शिक्षा, स्वास्थ्य सेवा, खाना र आश्रयको अभावमा छन् । भियतनाममा पिउने पानी र सरसफाइको अभावले ३० लाख मानिसहरूलाई रोगको जोखिममा राखेको युनिसेफले जनाएको छ । म्यानमारमा बाढीका कारण चार लाख म

    • प्रकाशित मितिः असोज २, २०८१
    • 443 पटक पढिएको
  • मलेसियामा बाल दुर्व्यवहार आरोप : १ सय बैंक खाता रोक्का, ४०० बालबालिका उद्धार

    काठमाडौं–मलेसियामा सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालन गर्ने समूहका १ सय बैंक खाता रोक्का गरिएको छ । मलेसियाली प्रहरीले १ सय ७१ जनालाई पक्राउ गरी २० हेरचाह केन्द्रबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको हो । जाँचका क्रममा विवादास्पद धार्मिक संस्था जीआईएसबीसँग सम्बन्धित ९६ बैंक खाता रोक्का गरिनुका साथै आठवटा सवारी साधन जफत गरिएको छ । समूहले आफूले हेरचाह केन्द्र नचलाएको दाबी गर्दै आरोप अस्वीकार गरे पनि प्रमुख कार्यकारीले केही यौन दुर्व्यवहारका घटनाहरू भएको स्वीकार गरेका छन् । यो घटनाले मलेसियामा हेरचाह केन्द्रहरूको नियमन र बालबालिकाको सुरक्षाबारे गम्भी

    • प्रकाशित मितिः असोज १, २०८१
    • 621 पटक पढिएको
  • आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री, केजरीवालले दिए राजीनामा

    काठमाडौं–दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा आम आदमी पार्टीले आतिशी मार्लेनालाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको छ ।आम आदमी पार्टीको विधायक दलको बैठकमा केजरीवालले आतिशीको नाम प्रस्ताव गरेका थिए, जसलाई सबै सांसदहरूले समर्थन गरेका हुन् । दिल्लीका यातायात मन्त्री गोपाल रायले यस निर्णयलाई कठिन परिस्थितिमा लिइएको भनेका छन् । उनले भने, ‘केजरीवालको इमान्दारितामाथि हिलो छ्यापियो । जनताले निर्वाचित नगरेसम्म उनी मुख्यमन्त्रीको कुर्सीमा बस्दैनन् ।’निर्णयपछि आतिशीले भनिन्, ‘म मेरो गुरु अरविन्द केजरीवाल जीलाई धन्यवाद दिन्छु, जसले मलाई यति ठूलो

    • प्रकाशित मितिः असोज १, २०८१
    • 498 पटक पढिएको
  • ट्रम्पमाथि पुन: हत्या प्रयास, एफबीआईले थाल्यो अनुसन्धान

    काठमाडौं–अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको वेस्ट पाम बीच स्थित गल्फ कोर्समा भएको आक्रमणलाई हत्याको प्रयास भनेको छ । एफबीआईका अनुसार घटनाको अनुसन्धान जारी छ । ट्रम्पको सुरक्षा पूर्ण रूपमा सुनिश्चित गरिएको पनि उल्लेख गरिएको छ । ट्रम्पका जेठा छोरा, डोनाल्ड ट्रम्प जुनियरले घटनामा गोली हानाहान भएको र स्थानीय प्रहरीले झाडीमा एके–४७ फेला पारेको जानकारी दिएका छन् । एफबीआईले यस घटनामा संलग्न व्यक्तिहरूको पहिचान र घटनाको संपूर्ण पृष्ठभूमि छानबिन गरिरहेको जानकारी गराएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले यस घटनाको निन्दा

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 509 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.