काठमाडौं–मलेसियामा सयौं बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा हेरचाह केन्द्र सञ्चालन गर्ने समूहका १ सय बैंक खाता रोक्का गरिएको छ । मलेसियाली प्रहरीले १ सय ७१ जनालाई पक्राउ गरी २० हेरचाह केन्द्रबाट ४ सयभन्दा बढी बालबालिकाको उद्धार गरेको हो । 

जाँचका क्रममा विवादास्पद धार्मिक संस्था जीआईएसबीसँग सम्बन्धित ९६ बैंक खाता रोक्का गरिनुका साथै आठवटा सवारी साधन जफत गरिएको छ । समूहले आफूले हेरचाह केन्द्र नचलाएको दाबी गर्दै आरोप अस्वीकार गरे पनि प्रमुख कार्यकारीले केही यौन दुर्व्यवहारका घटनाहरू भएको स्वीकार गरेका छन् । 

OM Sai Pathibhara Hospital

यो घटनाले मलेसियामा हेरचाह केन्द्रहरूको नियमन र बालबालिकाको सुरक्षाबारे गम्भीर चिन्ता उत्पन्न गराएको छ ।