काठमाडौं—बङ्गलादेश सरकारले अक्टोबर १ देखि सबै सुपरमार्केटमा प्लाष्टिक झोला (पोलिथिन र पोलिप्रोपाइलीन) राख्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । नोभेम्बर १ देखि यो प्रतिबन्ध अन्य बजारमा पनि लागू हुनेछ । 

वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले पोलिथिन र पोलिप्रोपाइलीन उत्पादकहरूमाथि कडा कारबाही गरिने बताएका छन् । 

OM Sai Pathibhara Hospital

सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्नका लागि विस्तृत योजना बनाइएको छ । सुपरमार्केटहरूले वैकल्पिक झोलाहरूका लागि अर्डर दिइसकेको र आवश्यक व्यवस्था मिलाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।