काठमाडौं – लेबनानमा पेजरमार्फत भएका धमाकामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ।

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले एक आठ वर्षीया बालिका र एक ११ वर्षीय बालकसहित १२ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। 

OM Sai Pathibhara Hospital

धमाकामा स्वास्थ्यकर्मीसमेत परेका छन् भने २७५० जना घाइते विभिन्न अस्पतालहरूमा उपचाररत छन्। गम्भीर घाइतेहरूलाई राम्रो उपचारका लागि ईरान र सीरियामा पठाइएको मन्त्रीले जानकारी दिएका छन्। ९८ प्रतिशत घाइतेहरूको उपचार लेबनानमै भइरहेको छ।

यसैबीच, लेबनानका संस्कृति मन्त्री मोहम्मद विसामले इजरायलमाथि कडा आलोचना गरेका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले इजरायललाई मानवताको शत्रु भन्दै प्रतिक्रिया दिएका छन्।

हालसम्म इजरायली सेनाले यस घटनाबारे कुनै आधिकारिक बयान दिएको छैन।