विदेश

    Showing 1,111-1,120 of 1,707 items.
  • रूस र युक्रेन विरुद्धको युद्धमा मध्यस्थकर्ताको भूमिका निभाउदै टर्की

    काठमाडौँ / रूस र युक्रेनबीच सोमबार  देखी टर्कीमा वार्ता सुरु भएको छ । दुबै पक्षका अधिकारीलाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले उल्लेख गरे अनुसार टर्कीको इस्तानबुल सहरमा वार्ताको सुरु भएको हो । दुबै पक्षका बिच इस्तानबुलमा वार्ता टोली र सदस्यहरूले भेटेर कुरा गर्ने बताइएको छ ।वार्ताका विषयमा टर्की सरकारको सबै तयारी भई आजबाट सुरु भएको र बुधबारसम्म वार्ता  चलिरहने हुने युक्रेनी वार्ताकारले बताएका छन् ।टर्की नेटोको सदस्य राष्ट्र भए पनि रूस युक्रेन युद्धमा मध्यस्थकर्ताको भूमिका निभाइरहेको छ ।

    • प्रकाशित मितिः चैत १४, २०७८
    • 127 पटक पढिएको
  • युक्रेनको एउटा भाग रुसमा गाभिदैँ

    एजेन्सी / पूर्वी युक्रेनमा रहेको लुहान्स्क जनगणतन्त्रले रुसमा गाभिनका लागि जनमतसंग्रह गर्न सक्ने त्यहाँका स्थानीय नेता लियोनिड पासेच्निकले बताएका छन् । लुहान्स्कलाई रुसले स्वतन्त्र मुलुकको मान्यता दिइसकेको छ । ‘निकट भविष्यमा गणतन्त्रको भूभागमा एक जनमतसंग्रह गरिनेछ जस्तो लाग्छ,’ पासेच्निकले बताए । ‘जनताले संवैधानिक अधिकार उपयोग गरी रुसमा समाहित हुने विषयमा धारणा व्यक्त गर्नेछन् ।’लुहान्स्क र डोनेत्स्कलाई स्वतन्त्र राष्ट्र घोषणा गरेलगत्तै रुसले युक्रेनमा सैन्य कारवाही थालेको थियो । 

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 171 पटक पढिएको
  • चीनमा विमान दुर्घटना : १३२ यात्रुको मृत्यु भएको पुष्टि

    काठमाडौँ  / चिनमा गत सोमबार भएको यात्रु बाहक विमान दुर्घटना घटना भएको थियो विमान दुर्घटनामा परि मृत्यु हुनेको संख्या १३२ पुगेको पुष्टि भएको छ ।  विमान दुर्घटना लगत्तै घटनास्थलमा खोजी तथा उद्धारका लागि ठूलो संख्यामा उद्धारकर्ताहरूका परिचालन गरिएको थियो  स्थानीय समय अनुसार सोमबार दिउसो २.३८ मा  चाइना इस्टर्न एयरलाइन्सको विमान गत सोमबार दक्षिणी चीनको गुआन्छी झुआङ् क्षेत्रमा बेपत्ता भएको थियो । घटना भएको छैटौँ दिन शनिबार उद्धारकर्ताले घटनामा परेका सबै यात्रु मृत्यु भएको घोषणा गरेका हुन् । ‘बेपत्ता भएको विमानमा रहेका सबैको मृत्यु भएको छ, कोही पनि जीवितै भेट्न सकिएको छै

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 140 पटक पढिएको
  • यमनका हुथी विद्रोहीद्वारा साउदी अरेबियासँग ३ दिने युद्धविराम घोषणा

    एजेन्सी / यमनको हुथी समूहले तीन दिने युद्धविरामको घोषणा गरेको छ  ।  समूहले यदि साउदी नेतृत्वको गठबन्धनले देश विरुद्धको आफ्नो कारबाही समाप्त गर्छ भने ‘स्थायी’ युद्धविरामको सम्भावना प्रस्ताव गरेको समेत अल जजीराले उल्लेख गरेको छ।साउदी अरेबिया ग्रान्ड प्रिक्स दौड अघि शुक्रबार जेद्दाह तेल डिपोमा आगलागी भएको बेलामा यो प्रमुख घटनाक्रम आएको हो।हुथी राजनीतिक नेता महदी अल-मशातले क्षेप्यास्त्र र ड्रोन आक्रमण र सबै सैन्य कारबाही तीन दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन्।‘यो एक निष्कपट निमन्त्रणा र विश्वास पुनर्स्थापित गर्न र सबै पक्षलाई वार्ताको क्षेत्रबाट कार्यको क्षेत्रमा लैजानको लागि  

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 148 पटक पढिएको
  • बेलायतले गर्यो रुसी खर्बपतिको दुईवटा जेट विमान कब्जा

    एजेन्सी / बेलायतले एक रुसी खर्बपतिका दुईवटा निजी जेट विमानलाई कब्जामा लिएको छ । रुसले युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमी राष्ट्रहरूले रुस र रुसलाई समर्थन गर्ने संस्था र व्यक्तिहरूको बैंक ब्यालेन्सदेखि सम्पत्तिमा प्रतिबन्ध लगाएको थियो ।रुसले राजधानी किभमा सैन्य हमला तीब्र पारे पनि सहरभित्र छिर्न नसकेपछि एकमहिने लामो युद्धको पहिलो चरण अन्त्य भएको घोषणा गरेको एकदिनपछि रुसी खर्बपतिहरुको जेट विमान कब्जामा लिइएको हो । खर्बपति युगेन सिबिद्लरको प्रत्यक्ष रुपमा क्रेमलिनको सम्पर्कमा रहेको आरोप लगाउँदै विमानहरू कब्जामा लिएको बेलायती अर्थसचिव ग्रान्ट स्यापले बताएका हुन् । ती विमानहरू बेलायतले अनिश

    • प्रकाशित मितिः चैत १३, २०७८
    • 158 पटक पढिएको
  • १५ करोड जनताका लागि निःशुल्क राशन वितरण गर्ने उत्तर प्रदेशका मुख्यमन्त्रीको घोषणा

     एजेन्सी //उत्तर प्रदेशका मुख्यमन्त्रीले १५ करोड जनताका लागि निःशुल्क राशन वितरण गर्ने घोषणा गरेका छ्न। मुख्यमन्त्री योगी आदित्यनाथले  सपथ लिएपछि पहिलो मन्त्रिपरिषद बैठकबाट नै १५ करोड जनताका लागि निःशुल्क राशनको घोषणा गरेका हुन् ।अब आगामी तीन महिना उत्तर प्रदेशको कुल जनसंख्यामध्ये १५ करोड जनताले सित्तैमा राशन पाउने बताइएको छ। निःशुल्क राशनमा प्रति व्यक्ति हरेक महिना ५ केजी चामल वा गहुँ, प्रति परिवार एक केजी दाल , एक लिटर खाने तेल, एक केजी चिनी र नुन दिइने बताइएको छ  । निःशुल्क राशन विपन्न आर्थिक अवस्थाका जनताका लागि दिइने व्यवस्था गरिएको छ । यो योजना सन् २०२४ सम्म जानसक्ने

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 164 पटक पढिएको
  • छात्राका लागि विद्यालय खुला गर्न माग गर्दै प्रदर्शन

    एजेन्सी / अफगानिस्तानमा छात्रालाई पनि विद्यालयमा अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।अफगानिस्तानको राजधानी काबुलमा झण्डै दुई दर्जन महिलाहरुले ‘विद्यालय खोल’ भन्ने माग गर्दै शनिबार प्रदर्शन गरेका हुन् ।  विद्यालयमा पढ्न, पढाउन पाउनु आफूहरूको आधारभूत अधिकार भएकाले विद्यालय जान पाउने व्यवस्था गर्नुपर्ने प्रदर्शनकारी महिलाहरूको माग छ । अफगानिस्तानमा तत्कालीन तालिवान विद्रोहीले सत्ता कब्जा गरेपछि महिलाहरूलाई अध्ययन अध्यापन तथा रोजगारीलगायतका कार्यमा सहभागी हुन नपाउने घोषणा गरेको थियो ।सरकारको सो घोषणाप्रति विश्वभरबाट आलोचना भएको थियो भने महिलालाई अध्ययन अध्या

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 132 पटक पढिएको
  • युक्रेनमा गोलाबारीमा परि तीन सय जनाको मृत्यु

    एजेन्सी / युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि तीन सय जनाको मृत्यु भएको छ । घेराबन्दीमा रहेको युक्रेनी सहर मारिओपोलमा रुसले गरेको गोलाबारीमा परि आश्रय लिइ बसेका झन्डै तीन सय जनाको ज्यान गएको हो ।रुसी आक्रमणबाट जोगिन नागरिक मारिओपोलमा रहेको थिएटरको अण्डर ग्राउन्डमा आश्रय लिएर बसेका थिए । रुसले थिएटरलाई निसाना बनाएर गोलाबारी गरेका बेला झण्डै ६ सय नागरिक अण्डर ग्राउन्ड आश्रयस्थल लिएर बसेको मारिओपोलका मेयरका सल्लाहकार पेत्र एन्द्रयुचेन्कोले बताउनु भएको बीबीसीले उल्लेख गरेको छ ।रुसले मारिओपोलको थिएटरमा मार्च १६ मा पनि गोलाबारी गरेको थियो । रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्र

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 154 पटक पढिएको
  • भारतमा केही दिन यता लगातार पेट्रोल र डिजलको मूल्य बढ्दै

    काठमाडौँ / पछिल्लो केही दिन यता छिमेकी राष्ट्र भारतमा लगातार पेट्रोल र डिजेलको मूल्य  बढिरहेको छ ।शुक्रबारबाट भारतका तेल मार्केटिङ कम्पनीहरूले  फेरि मूल्य बढाएका हुन् । पछिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । चार महिनाको लामो समयपछि मंगलबार पहिलो पटक पेट्रोल र डिजेलको मूल्य बढ्न सुरु गरेपछि लगातार तेलको मूल्य उकालो लागिरहेको छ  । मूल्य बढे सँगै दिल्लीमा पेट्रोलको भाउ प्रतिलिटर भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ । यस्तै मुम्बईमा  नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर र चेन्नईमा १०३.६७ प्रतिलिटर पुगेको हो । 

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 136 पटक पढिएको
  • साउदीमा अलपत्र नेपाली युवा उद्धारको पर्खाइमा

    काठमाडौँ \ धेरै धन कमाउन र परिवारको सपना सकार गर्न म्यानपावरलाई मोटो रकम तिरेर साउदी पुगेका १२६ नेपाली अलपत्र परेका छन् । काठमाडौँ स्थित ग्यालेक्सी ओभरसिज प्रा. ली बाट आज भन्दा करिब ५० दिन अगि साउदी पुगेका नेपाली युवा अलपत्र परेका हुन् ।  म्यानपावरको सम्झौता अनुसार काम र तलब नपाए पछि उद्धारका लागी म्यानपावर सञ्चालकलाई पटक पटक भने पनि म्यानपावर सञ्चालकले  कुनै पनि प्रतिकृया नदिएको पीडित मध्येका एक बिनोद दाहालले बताए । साउदी स्थित इस्टन कन्टक्सन मेनटीनेन्स कम्पनीमा गएका उनीहरू म्यानपावर सञ्चालकको भनाई मात्र सुन्न बाध्य छन् ।म्यानपावर सञ्चालक हिमहरी अर्याल र  रमेश अम

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 130 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • Email: [email protected]
  • सम्पर्क:९८१४९१०४५४/९८५११६७५५४