काठमाडौं–आज अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि मतदान शुरू हुँदैछ, जसमा सारा विश्वको ध्यान छ। प्रतिस्पर्धा निकै निकट हुने अनुमान गरिएको छ, जहाँ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसबीच प्रतिस्पर्धा हुनेछ। कमला ह्यारिस हालको उपराष्ट्रपति हुन्।

ट्रम्पले जेडी भान्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका छन् भने ह्यारिसले मिनेसोटाका गभर्नर टिम वाल्जलाई उम्मेदवारको रूपमा चयन गरेकी छन्।

OM Sai Pathibhara Hospital

मतदान मंगलबार साँझ करिब ४:४५ बजेदेखि शुरू हुनेछ र बुधबार बिहान ६: १५ बजेसम्म चल्नेछ। यस वर्षको निर्वाचनमा नतिजा केही दिनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ, किनभने प्रतिस्पर्धा कडा छ।

विशेषगरी पेन्सिल्भेनिया जस्ता स्विङ राज्यहरूमा मत गणनामा भिन्नता आएमा पुनः मतगणना हुने सम्भावना रहेको छ, र यस प्रक्रियाले नतिजा घोषणा गर्नमा ढिलाइ गर्न सक्छ। सन् २०२० मा पनि नतिजा केही दिनपछि मात्र सार्वजनिक भएको थियो।