काठमाडौं–भारत, उत्तराखण्डको अल्मोडा जिल्लामा मार्चुला नजिकै यात्रु बोकेको बस खाईमा खस्दा ३६ जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । चार जनालाई एयरलिफ्ट गरिएको छ र तीन जनालाई एम्स ऋषिकेशमा भर्ना गरिएको छ । घटनास्थलमा उद्धार तथा राहत कार्य जारी छ । एसडीआरएफको टोली घटनास्थलमा पुगेकी छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा गहिरो समवेदना व्यक्त गरेका छन् र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । बस नैनीडाँडा किनाथबाट रामनगर जाँदै गर्दा सारड बैंड नजिकै दुर्घटना भएको हो । बसमा ५५ भन्दा बढी यात्रीहरू सवार थिए ।