काठमाडौं–भारतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को अध्यक्षता प्राप्त गरेको छ। नयाँदिल्लीमा आइतबारदेखि सुरु भएको सातौँ आइएसए सम्मेलनमा भारतको नेतृत्वमा फ्रान्स सहअध्यक्ष र आशिष खन्ना महानिर्देशक बनेका छन्।

सन् २०१५ को पेरिस जलवायु परिवर्तन सम्मेलनमा गठन गरिएको आइएसामा सौर्य ऊर्जा प्रविधिको उपयोग र विकासका लागि छलफल गरिएको छ। नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सम्मेलनमा सौर्य ऊर्जाको सही सदुपयोगका लागि आइएसएको सहयोग आवश्यक रहेको बताएका छन्।

OM Sai Pathibhara Hospital

खड्काले जलविद्युत र सौर्य ऊर्जाबाट जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न र स्वच्छ ऊर्जाको विकासमा सहकार्यको महत्त्व जोड दिएका छन्। सम्मेलनमा नेपालले सौर्य ऊर्जा रोडम्याप, स्वास्थ्य, शिक्षा, र सौर्य सिँचाइका कार्यक्रमहरूमा आइएसएको सहयोगको अपेक्षा गरेको छ।