काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच पाँच वर्षपछि बुधबार रुसको काजान सहरमा द्विपक्षीय वार्ता भएको छ। २०२० को गलवान झडपपछि यो पहिलो औपचारिक भेट थियो। 

५० मिनेट लामो कुराकानीमा मोदीले सीमामा शान्ति र स्थिरता कायम राख्नुपर्ने प्राथमिकतामा जोड दिँदै भने, “पारस्परिक विश्वास, सम्मान र संवेदनशीलता हाम्रो सम्बन्धको आधार बन्नुपर्छ।” 

OM Sai Pathibhara Hospital

राष्ट्रपति सी जिनपिङले दुवै देशले मतभेदलाई सही ढंगले सम्हाल्नुपर्ने बताउँदै विकासका लक्ष्यहरू पूरा गर्न सहयोग र सञ्चार बलियो बनाउन आवश्यक रहेको उल्लेख गरे। 

सीमा विवाद समाधानका लागि अब दुवै देशका विशेष प्रतिनिधिबीच छिट्टै वार्ता हुनेछ, जसमा भारतीय पक्षबाट एनएसए अजित डोभाल र चिनियाँ पक्षबाट विदेशमन्त्री वाङ यी सहभागी हुनेछन्।