काठमाडौं–स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १०,००० सैनिक र प्रहरी अधिकारी खटाइने जानकारी दिएका छन्। बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएपछि सान्चेजले उद्धारका लागि थप सुरक्षा बलहरू पठाउने घोषणा गरेका हुन्।

यो दशकमै सबैभन्दा घातक बाढीको रूपमा चिनिएको घटनामा पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ। प्रधानमन्त्रीले यो विपत्तिलाई युरोपको शताब्दीको दोस्रो सबैभन्दा घातक बाढीको रूपमा वर्णन गर्दै राहत कार्यका लागि सुरक्षा बलमा वृद्धि गर्ने निर्णय गरिएको जानकारी दिए।

OM Sai Pathibhara Hospital

भ्यालेन्सिया क्षेत्रका नेताले पाँच हजार अतिरिक्त सैनिकको अनुरोध गरेपछि सरकार यसको स्वीकार गरिसकेको छ। सान्चेजले खाद्यान्न, पानी र बिजुलीको अभावमा रहेका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनःस्थापित गर्न र सहायता वितरणमा प्राथमिकता दिने बताएका छन्।

विपत्तिको प्रतिक्रिया ढिलो भएको र चेतावनी प्रणालीको कमीका कारण अधिकारीहरू आलोचनामा परेका छन्।