काठमाडौं–२४ दिनअघि इरानबाट भएको आक्रमणको जवाफमा इजरायलले इरानमाथि हवाई कारबाही गरेको छ। शनिबार बिहान इरानले इजरायलमा हवाई हमला गरेको र त्यसपछि इजरायलले पनि सिरियाका केही स्थानहरूमा हमला गरेको छ। इजरायली डिफेन्स फोर्स (आईडीएफ) का प्रवक्ता ड्यानियल हगारीका अनुसार १ अक्टोबरमा इरानद्वारा भएको हमलाको जवाफस्वरूप सटीक हमला गरिएको हो।

रिपोर्ट अनुसार, इजरायलले इरानको राजधानी तेहरान र काराजमा कम्तीमा सात मिसाइल प्रहार गरेको छ। हमलाअघि इजरायलले अमेरिकालाई जानकारी दिएको थियो। अमेरिकाले इजरायलको समर्थन गर्दै इरानको आक्रमणको जवाफ उचित रहेको बताएको छ। इरानको सरकारी सञ्चारमाध्यमले इमाम खोमेनी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै विस्फोट भएको उल्लेख गरेको छ।