काठमाडौं- जम्मु-कश्मिर विधानसभामा पक्ष र विपक्षी सांसदहरुबीच धक्कामुक्की भएपछि संसद केहीबेर प्रभावित भएको छ । 

जम्मु-कश्मिरलाई विशेष राज्यको रुपमा पुनर्बहाली गर्नुपर्ने विषयमा विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन मार्शल लगाउनु परेको थियो ।

OM Sai Pathibhara Hospital

पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी)ले नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले खारेज गरेको संविधानको धारा ३७० र अनुच्छेद ५ पुनर्बहालीको माग गर्दै जम्मु-कश्मिर विधानसभामा प्रस्ताव पेस गरेको थियो ।

यस प्रस्तावमा पाँच वर्षअघि केन्द्र सरकारबाट खारेज गरिएको जम्मु-कश्मिरको विशेष राज्यको दर्जालाई पुनर्बहाली गर्न संवैधानिक व्यवस्था गर्नुपर्ने माग छ ।

सन् २०१९ को ५ अगष्टमा नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले जम्मु-कश्मीरको विशेष राज्यको दर्जा खोस्ने र केन्द्र शासित राज्य बनाउने निणर्य गरेको थियो ।

साथै जम्मु-कश्मीरबाट लद्दाख अलग गर्ने निणर्य पनि भएको थियो ।