स्वास्थ्य

    Showing 1,151-1,160 of 2,504 items.
  • कोरोना अपडेट : आज देशभर थप ८ जनामा संक्रमण पुष्टि

     बिर्तामोड / आज देशभर थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ६९७ जनाको पीसीआर परीक्षणमा आठ जनामा नयाँ संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा ३ जना, ओखलढुंगा, मोरङ, स्याङ्जा, रोल्पा र दाङमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।९५९ जनामा एन्टिजेन परीक्षण गर्दा कसैमा पनि संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको हो ।पछिल्लो २४ घण्टामा २१० जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १७५८ रहेको छ ।

    • प्रकाशित मितिः चैत १२, २०७८
    • 269 पटक पढिएको
  • कोरोना संक्रमण दर घट्दै, आज देशभर १८ जना नयाँ संक्रमित थपिए

    बिर्तामोड / पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दो क्रममा रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ४ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा १८ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा २ सय ७१ जना संक्रमणमुक्त भएका छन् भने, १ हजार ९ सय ६० जना सक्रिय संक्रमित रहेका छन् । देशभर १ हजार ९ सय १६ जना होम आइसोलेसन, ४४ जना संस्थागत आइसोलेसन, २१ जना आईसीयू र २ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 208 पटक पढिएको
  • वर्षमान पुन फलोअप उपचारका लागि आज चीन प्रस्थान

    काठमाडौं / नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन ‘अनन्त’ फलोअप उपचारका लागि आज चीन प्रस्थान गरेका छन् । पुन सामान ढुवानी गर्न जाँदै गरेको कार्गो विमानमार्फत पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ बिहान नौ बजे चीन प्रस्थान गरेका छन् । पुस्तैनी जण्डिसका कारण पीडित पुनले यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गराएका थिए । अनन्त फलोअप गराएर ४ दिनपछि स्वेदेश फर्किनेछन् ।

    • प्रकाशित मितिः चैत ११, २०७८
    • 338 पटक पढिएको
  • बीपीमा चैत १५ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम स्थगित

    धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत्र १५ गतेदेखि सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्य बिमा बोर्डलाई बारम्बार ताकेता गर्दा पनि बिमा दाबी गरेअनुसारको रकम नदिएपछि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको बीपी प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अनुसार चैत १५ गतेदेखि बिमा कार्डमार्फत ओपिडी, आकस्मिक, तथा अन्तरङ्ग सेवा अन्तर्गत दिने सम्पूर्ण सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ ।बिमित बिरामीको उपचार गरेबापत प्रतिष्ठानबाट खर्च भएको करिब २४ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डले नदिएपछि बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरे

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 202 पटक पढिएको
  • आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

    झापा / आज विश्व क्षयरोग दिवस । ‘क्षयरोग अन्त्यका लागि लगानी बढाऔँ, जीवन बचाऔँ’ भन्ने नाराका साथ आज नेपालमा पनि विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।२४ मार्च १८८२ मा चिकित्सक रोबर्ट कोचले शरीरमा क्षयरोगको कीटाणु पत्ता लगाएको एक सय वर्षपछि क्षयरोगबारे जनचेतना जगाउनका लागि यो दिवस मनाउन थालिएको हो ।राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हरेक वर्ष करिब ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । तर ४० हजार बिरामी सम्पर्क बाहिर रहेको केन्द्रका निर्देशक डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।राष्ट्रिय क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षण २०७४ ले नेपालमा नयाँ तथा पुराना गरी एक लाख १७ हजार क्षयरोगी रहेक

    • प्रकाशित मितिः चैत १०, २०७८
    • 281 पटक पढिएको
  • विश्वविद्यालय र सिटिइभिटी मध्ये एकको मात्र कार्यक्रम चलाउन आयोगको निर्देशन

    काठमाडाैँ / चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ ७८ देखि प्रतिष्ठान र शिक्षण संस्थाले विश्वविद्यालय वा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभिटी) मध्ये एउटाको मात्र कार्यक्रम चलाउन पाउने व्यवस्था गरेको छ । यसभन्दा अघि विश्वविद्यालय र सिटिभिटी दुवैको कार्यक्रम चलाउँदै आएका प्रतिष्ठान र शिक्षण संस्थालाई एउटाको मात्र कार्यक्रम चलाउन चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ । आयोगले शैक्षिक सत्र २०७८ ९९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय लिनु पर्ने भन्दै प्रतिष्ठान र शिक्षण संस्थालाई तीन दिन भित्र विश्वविद्यालय र सिटिभिटी मध्ये कसको कार्यक्रम चलाउने भन्ने जा

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 293 पटक पढिएको
  • नोबेलमा मुखबाट इण्डोस्कोप छिराएर निकालिदै पित्त नलीको पथरिया

    बिर्तामोड / विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा पुनः मुखबाट ईण्डोस्कोप छिराएर पित्त नलिमा भएको पथरिया विना चिरफार निकाल्ने इआरसीपी सेवा सुरु गरीएको छ ।  कोरोनाका कारण करिब दुई बर्षयता स्थगित भएको यो सेवा अहिले पुनः सुचारु गरेर पित्त नलीको पथरिया विना चिरफार निकाल्न थालिएको हो । सामान्यतया पित्त नलीको ढुंगा पेट र पित्त नली दुबै चिरेर निकाल्ने गरिन्छ । ल्याप्रोस्कोपिक विधिबाट पनि पित्त नली चिर्नुपर्ने बाध्यता हुन्छ । तर, इआरसीपी विधिमार्फत विना चिरफार मुखबाट ईण्डोस्कोप छिराएर ढुंगा निकाल्ने गरिन्छ । यो विधि बिरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ । नेपालका केहि अस्पतालहरुमा मात्र प्

    • प्रकाशित मितिः चैत ९, २०७८
    • 523 पटक पढिएको
  • कोरोना अपडेट : आज थप ४४ जनामा संक्रमण पुष्टि, एकको मृत्यु

    झापा  / पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चार हजार चार सय ९५ जनाको पीसीआर परीक्षण गर्दा ३५ र दुई हजार ९९ जनाको एन्टिजेन परीक्षण गर्दा नौ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ४८१ जना सङ्क्रमण मुक्त भएका छन् । अहिले देशभर २६ हजार ६८८ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक जना सङ्क्रमितको मृत्यु भएको छ भने योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको मन्त्रालयले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ८, २०७८
    • 293 पटक पढिएको
  • आज देशभर ४५ जनामा संक्रमण पुष्टि

    झापा / नेपालमा पछिल्लो २४ घन्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ४ हजार ७ सय ५२ जनाको नमूना परिक्षण गर्दा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशभर हाल तीन हजार एक सय ३५ जना सक्रिय संक्रमित रहेका छन्भने आज १४७ जना कोरोना मुक्त भएका छन् । 

    • प्रकाशित मितिः चैत ७, २०७८
    • 178 पटक पढिएको
  • २४ घण्टामा २८ जनामा कोरोना पुष्टि

    काठमाडौं / पछिल्लो २४ घण्टामा २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। २७ सय ९८ जनाको पीसीआर परीक्षण गर्दा २८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा ३८२ जना डिस्चार्ज भएका छन्। विगत केही दिनयता कोरोनाले मृत्यु हुनेको सङ्ख्या शून्यमा झरेको छ।अहिले देशभर ३२ सय ४१ जना सक्रिय सङ्क्रमित छन्। २४ घण्टामा २२ हजार ६८७ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ।

    • प्रकाशित मितिः चैत ६, २०७८
    • 187 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.