धरान / सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चैत्र १५ गतेदेखि सामाजिक स्वास्थ्य बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । 

स्वास्थ्य बिमा बोर्डलाई बारम्बार ताकेता गर्दा पनि बिमा दाबी गरेअनुसारको रकम नदिएपछि स्वास्थ्य बिमा कार्यक्रम स्थगित गरेको बीपी प्रतिष्ठानले जनाएको छ । 

OM Sai Pathibhara Hospital

प्रतिष्ठानका अनुसार चैत १५ गतेदेखि बिमा कार्डमार्फत ओपिडी, आकस्मिक, तथा अन्तरङ्ग सेवा अन्तर्गत दिने सम्पूर्ण सेवाहरू स्थगित गर्ने निर्णय गरेको छ ।

बिमित बिरामीको उपचार गरेबापत प्रतिष्ठानबाट खर्च भएको करिब २४ करोड रुपैयाँ स्वास्थ्य बिमा बोर्डले नदिएपछि बिमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले जानकारी दिए । 

उनले बिमा बोर्डसँग गरेको सम्झौताअनुसार प्रतिष्ठानले सेवाग्राही बिमित बिरामीको उपचार सेवा गरेबापत प्राप्त हुनुपर्ने रकम समयमै प्राप्त हुन नसक्दा चिकित्सक, नर्स र कर्मचारीहरूको नियमित पारिश्रमिक लगायत दैनिक प्रशासन सञ्चालन खर्चमा समेत प्रतिकूल प्रभाव पर्न गएको बताए ।